पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलीना’को पोस्टर सार्वजनिक

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । नेपालकै पहिलो नेपाली एनिमेटेड फिचर फिल्म ‘सलीना : योद्धा राजकुमारी’को पोस्टर सार्वजनिक भएको छ ।
समाजमा प्रचलित राजकुमारीको लोककथालाई आधार बनाएर निर्माण गरिएको यो नेपालकै पहिलो एनिमेटेड फिल्म हो ।

निर्देशक तेजसराज जोशीले ६ वर्ष लगाएर रेनमेकर एनिमेसन एकेडेमीले फिल्म निर्माण गरेको जानकारी दिनुभयो ।
शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेको फिल्ममा सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धर ग्राफिक कलाकारका रुपमा छन् ।

तेजसराज जोशी र श्रुति श्रेष्ठ निर्माण गरेको फिल्ममा कृष्मा राजकर्णिकार, लजिना श्रेष्ठ, बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइकेल, झरना राई, तेजसराज जोशी, सुशील नेपाल, देव न्यौपाने, युविन पुजारी, जुना थापा, कुमार न्यौपानेलगायतले स्वरांकन गरेका छन् ।
फिल्मको प्रदर्शन मिति भने तोकिएको छैन ।
निर्देशक जोशीका अनुसार यसै वर्ष ‘सलीना’लाई नेपालीसहित हिन्दी र अंग्रेजी भाषामा रिलिज गरिने जनाइएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला