शुक्ला साहित्य प्रतिष्ठानद्वारा आदिकवि भानुभक्त जयन्तीमा कबिता वाचन साथै ‘ मेरो देशको ’ कबिता संग्रह लोकार्पण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ३० असार । साहित्यको उर्वर भूमि शुक्ला साहित्य प्रतिष्ठानले २१० औ आदिकवि भानुभक्त जयन्तीको अवसरमा कबिता वाचन तथा श्रवण कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्ला साहित्य प्रतिष्ठान अध्यक्ष हरी बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार चन्द्रप्रकाश बानियाँ रहनु भएको थियो भने स्वागत मन्तव्य प्रतिष्ठानका प्रथम उपाध्यक्ष दुर्गा बस्नेतले राख्नु भएको थियो । उँहाले आदिकवि भानुभक्त आचार्यको चर्चा परिचर्चा गर्नुको साथै कबिता बाचन गर्नु भएको थियो ।

प्रमुख अतिथि बानियाँले आदिकवि भानुभक्त आचार्यले नेपाल र नेपालीलाई गीत ,कविता र लयको संसार नै उपहार दिएको बताउनुको साथै भानुको महिमा अपराम्पार रहेको हुदा सबैले भानुको स्मरण गर्न आवश्यक रहेको बताउनु भयो ।

त्यस्तैगरी कबिता वाचन गर्नेहरुमा शुक्ला साहित्य प्रतिष्ठानका मानार्थ सदस्य ताराप्रसाद तिम्सिना, अग्निधर शर्मा, नेत्रबहादुर बानियाँ सल्लाहकार सुवास अधिकारी, शिवप्रसाद त्रिपाठी साथै आजीवन सदस्य पुष्पराज तिमिल्सिना, मोहनप्रसाद पौडेल र वरिष्ठ मनोरोग चिकित्सक प्रा।डा निर्मल लामिछाने, वरिष्ठ रेडियोलोजिष्ट डा। कालु शर्मा लगाएत धेरै श्रष्टाहरूले भानुमा आधारीत कबिता वाचन गर्नु भएको थियो ।

साथै कार्यक्रममा शुक्ला साहित्य प्रतिष्ठानका कार्यसमिती सदस्य स्रष्टा मोहन कुमार सुनारको कृति ‘ मेरो देशको ’ को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा स्रष्टा परिचय शुक्ला साहित्य प्रतिष्ठानका सह( सचिब संजय थापाले राखनु भएको थियो । भने ‘ मेरो देश ’ कबिता संग्रहको समीक्षा शुक्ला साहित्य प्रतिष्ठानका सल्लाहकार असफल गौतमले गर्नुभएको थियो । उहाँले ‘ मेरो देश ’ कबिता संग्रह उच्चस्तरीय शीर्षक रहेको र वास्तविक जिबनलाई कबितामा जस्ताको तस्तै मेल खाने गरी उतारीएकोमा ‘ मेरो देश ’ का रचनाहरु प्रस्सनिए रहेको बताउनु भयो ।

शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष हरी बरूवालले साहित्य सृजना गर्ने व्यक्ती सधै अमर रहने र अबको पुस्ताले पनि साहित्य सृजनामा जोड दिनु पर्ने बताउदै सदाका बर्ष झै यहि भाद्र २० गते श्री कृष्ण जन्माअष्टमी प्रतियोगिता हुने भएकाले सबै जना संग हातेमालो गर्दै अगाडी बढ्ने र यहाँहरू सबैको साथ रहने बताउनु भयो ।
कार्यक्रममा विभिन्न संस्थाका करीब ७० जना भन्दा बढी साहित्य प्रेमीहरु साथै बिभिन्न ब्यक्तिहरूको उपस्थित रहेको थियो । भने कार्यक्रम संचालन शुक्ला साहित्य प्रतिष्ठानका सचिब दिपेन्द्र बानियाँले गर्नु भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला