सरकारको बनेपाको वनमा फिल्म स्टुडियो निर्माण गर्न दिने निर्णय

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । नेपाल सरकारले फिल्म छायांकनका लागि काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिका वडा नं. १० र १३ अन्तर्गत बाहुनडाँडा सामुदायिक वनको जग्गामा स्टुडियो निर्माण गर्न दिने भएको छ ।

बिहीबार (आज) मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना मन्त्री रेखा शाहले बाहुनडाँडा वनको २.५०८५ हेक्टर जग्गा स्टुडियो निर्माणका लागि दिने निर्णय भएको जानकारी गराउनुभयो ।

सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले बनेपामा स्टुडियो निर्माण प्रक्रिया अगाडि बढाइने घोषणा गर्नुभएको थियो ।

अघिल्लो सरकारले ल्याएको बजेटमा पनि बनेपामा स्टुडियो निर्माण गर्ने कुरा उल्लेख थियो । तर, त्यो बजेटमा मात्रै सीमित रह्यो ।

सरकारले बजेटमा स्टुडियो निर्माणका लागि कति बजेट छुट्याएको छ, त्यसबारेमा भने जानकारी गराएको छैन ।
यो स्टुडियो निर्माणका लागि २० करोडभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ ।
तर, आर्थिक वर्ष २०८०र८१ मा नेपाल सरकारबाट चलचित्र विकास बोर्डलाई ४ करोड ४५ लाख रुपैयाँ मात्र प्राप्त छ ।
सरकारले दोलखामा पनि फिल्म स्टुडियो निर्माण थालेको छ तर निर्माण कार्य सुस्त गतिमा छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला