पौडीका राष्ट्रिय खेलाडी सलिप श्रेष्ठ अमेरिका प्रस्थान गर्ने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पौडीका राष्ट्रिय खेलाडी सलिप श्रेष्ठलाई अमेरिकाको मिसिसिपी राज्य अन्तरगत रहेको
“ द युनिभर्सिटी अफ साउथर्न मिसिसिपी ” ले पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।

युनिभर्सिटीले खेलाडी सलिप श्रेष्ठलाई कम्प्यूटर साइन्समा स्नातक तह अध्ययनको लागि पूर्ण छात्रवृत्तिको साथ साथै खान बस्नकोलागि पनि निशुल्क सुविधा प्रदान गरेको छ ।

वि सं २०६१ साल कार्तिक ४ गते पोखरामा जन्मनुभएको सलिप श्रेष्ठको पुख्र्यौली घर मध्यनेपाल नगरपालिका वार्ड न ३ सोतीपसल, लमजुङ हो । हाल उहाँ प्रगतिटोल चाउथे , पोखरा , कास्कीमा स्थायी बसोबास गर्नुहुन्छ ।

उहाँले कन्चनजङ्घा बोर्डिङ स्कुल फूलबारी पोखरामा नर्सरी , कास्की मोर्डनाइज्ड एकेडमी चाउथे पोखरामा एल के जीदेखि कक्षा ३ सम्म र कक्षा ४ देखि कक्षा १२ सम्म गण्डकी बोर्डिङ्ग स्कुल लामाचौर पोखरामा अध्य्यन गर्नुभएको हो ।

कास्की जिल्ला र गण्डकी प्रदेशमा पौडीमा उत्कृष्ट भइ विभिन्न पदक विजेता उहाँले आठौं र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सहभागीता जनाउनुभएको थियो ।

अध्ययनकोलागि अमेरिकी भिजा प्राप्त गरि उहाँ यही आउँदो अगष्ट महिनामा अमेरिका प्रस्थान गर्नुहुनेछ ।
सलिप श्रेष्ठ साहित्यकार दीपक समीपका सुपुत्र हुनुहुन्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला