सोसल पव्लिकद्वारा आयोजित प्रथम एसइई फुटसल सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा  । पोखरा १० बुद्धचोक स्थित सोसल पब्लिक स्कूलद्वारा आयोजित प्रथम एसइई फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

२०७९ सालको एसइई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी आयोजित प्रतियोगिता आयोजकले नै जितेको छ । सोमबार पोखरामा भएको फाइनल खेलमा प्रतियोगिताको आयोजक सोसल पव्लिकले वेलनन एकेडेमी सम्मिलित टिमलाई ४–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधि संगै सोसल पल्लिकले नगद २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता वेलननले नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो ।

प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, विद्यालयका संस्थापक प्रवन्ध निर्देशक खिम गुरुङ, विद्यालयका प्रिन्सिपल शिदार्थ शर्मालगायतले नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सोसल पव्लिकमा बाल कक्षा देखि १२ कक्षा सम्म अध्ययन अध्यापन हुँदै आएको छ ।

सो विद्यालयमा कक्षा ११–१२ अन्तर्गत होटल म्यानेजमेन्ट र कम्पूयुटर साइन्स विषयमा अध्ययन अध्यापन हँदै आएको विद्यालयका संस्थापक प्रवन्ध निर्देशक गुरुङले जानकारी दिनुभयाे ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला