सञ्चारकर्मी देवेन्द्र शाही मिस्टर नेपाल मा सहभागी , भोटको लागि अनुरोध

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । सञ्चारकर्मी देवेन्द्र शाही समय न्यू लुक मिस्टर नेपाल २०२३ मा सहभागी हुनु भएको छ ।
शाहीले आफ्नो करियर सुरुवात पत्रपत्रिका , रेडियो र कास्कीका विभिन्न टेलभिजन हुँदै स्टेज कार्यक्रम सञ्चालकको रुपमा उभ्याउँदै आउनुभएको थियो ।

शाही अहिले पनि सञ्चार क्षेत्रमा स्थापित हुन संघर्षरत हुँदैं गर्दा नेपालकै शान मिस्टर नेपाल जस्तो गरिमा बोकेको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुहुन्छ । शाहीले ४० दिनको तालिम अवधी मा धेरै कुरा सिक्न पाइने बताउनुभयो ।

उहाँले रेडियोमा काम गर्नका लागि कास्कीका बिभिन्न रेडियो पनि धाएको सम्झदै समयक्रमसंगै पोखराको एक केन्द्र द मिडियाज कलेक्सनमा गएर तालिम लिएको समेत बताउनुभयो ।

प्रशिक्षक जीवन सुवेदीले अवसरको खोजीमा रहनुभएका शाहीलाई रेडियो थ्री एन्जलमा काम गर्न अवसर जुटाईदिएको स्मरण गर्दै रेडियोमा रहँदा उहाँले धेरै निखारिने अवसर पाएको बताउनुभयो ।
शाहीले लामो समय रेडियो टेलिभिजनमा काम गर्दै आफू लाई निखार्ने अवसर पाएको र आफ्नो कमी कमजोरी लाई सुधार्ने कार्य पनि गर्दै लगेको बताउनुहुन्छ ।

शाही काम गर्दै जाँदा ‘सम्पदा राष्ट्रिय अवार्ड कार्यक्रम मार्फत् ‘ उत्कृष्ट उद्धघोषक अवार्ड द्वारा सम्मानित पनि हुनुभएको थियो । जसमा नेपालका १२ जना , कलाकार देखि विभिन्न क्षेत्रका दिग्गज व्यक्तित्वहरु सम्मानित भएका थिए ।

शाही केही समय युवाहरूको लोकप्रिय जेसिज संस्थामा कार्यालय सचिवको रुपमा काम गरेको र केही समय पछि त्यही संस्थाको सदस्यता लिएको र अहिले पोखरा जेसिजको इभेण्ट व्यवस्थापक सदस्यको जिम्मेवारी पाउनुभएका साथै पोखरा जेसिजको बोर्ड सदस्य पनि हुनुहुन्छ ।
उहाँले पोखरा जेसीजमै रहेर आफ्नो कार्यक्रम क्षमता निखारपनका साथै बौद्धिक व्यक्तिहरूको सङ्गतले आफ्नो आत्मबलको विकास भएको पनि बताउनुहुन्छ ।


पोखरा टिभिबाट कार्यक्रम सञ्चालक ( प्रस्तोता) हुँदै गोल्डेन आई टिभिका संस्थापक तथा फिल्म निर्देशक चिरञ्जीवी भुर्तेल सङ्गको साथ सहयोगले टिभिमा काम गर्न र क्यामरा सम्बन्धी ज्ञान लगायत प्रश्न गर्ने कुराहरु सिक्ने अवसर पाएको शाही बताउनुहुन्छ ।
उहाँले पोखरामा सञ्चारकर्म गर्दै गर्दा पोखराका फिल्म निर्देशक तथा बौद्धिक व्यक्तित्व घनश्याम लामिछानेले टिभिमा पहिलो पटक काम गर्ने अवसर दिएको सम्झनुभयो ।
उक्त कार्यक्रमको अन्तिम प्रतिस्पर्धा साउनको ६ गते शनिवार काठमाण्डौमा हुनेछ ।
शाहीले अहिले भोटिङ खुलेको र सबै शुभचिन्तक तथा आफ्ना आफन्त र आदरणीय व्यक्तित्वहरु लाई भोटको लागि अनुरोध गर्दै नेपालमा हुनेहरुले खल्ती एप र विदेशबाट खल्ती डट कम मार्फत भोट गर्न सकिने बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला