अन्तर्राष्ट्रिय शारीरिक प्रतियोगितामा नेपालका ललित धिमाललाई स्वर्ण

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । माल्दिभ्सको मालेमा जारी १३औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालका ललित धिमालले ७५ के.जी. तौल समूहमा स्वर्ण पदक जित्नुभएको छ ।

उक्त प्रतियोगितामा भारतका खेलाडी दोस्रो, चौथो तथा पाँचौं भएका थिए भने अफगानिस्तानका खेलाडी तेस्रो भए ।

असार २४ गतेसम्ममा हुने प्रतियोगितामा शनिबार उहाँले ओभरअल च्याम्पियन मि. दक्षिण एशियाको उपाधिको लागि फेरि प्रतिस्पर्धा गर्नेछन् ।

उपाध्यक्ष वकिल मान तुलाधर उदासको नेतृत्वमा ३ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेका थिए ।

दिनेश श्रेष्ठले नेपालको तर्फबाट अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गरिरहेको व्यहोरा संघका सचिव दिनेश राजभण्डारीले जनाउनुभएको छ ।

स्मरणरहोस शारीरिक सुगठनका अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता खेलाडी ललित धिमालले हालै काठमाडौंमा भएको हिमालय शारीरिक सुगठन प्रतियोगितमा ओभरअल विजेता भई ५ लाख २५ हजार नगद पुरस्कार समेत जित्न सफल भएका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला