चेक गणतन्त्रमा नेपाली फिल्म ‘गुराँस’को विश्व प्रिमियर

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । युरोपेली मुलुक चेक गणतन्त्रमा आयोजित द कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘गुराँस’को प्रिमियर गरिएको छ ।
निर्देशक सौरभ राईले प्रिमियरमा खचाखच दर्शकले फिल्म हेरेर रुचाएको जानकारी दिनुभयो ।

उहाँ भन्नुभयो ‘दर्शक पनि खचाखच हुनुहुन्थ्यो र फिल्म हेरेर धेरैले इमोसनल भएको प्रतिक्रिया दिनुभयो । यो हाम्रा लागि पहिलो दर्शक प्रतिक्रिया थियो । यसले हामीलाई सन्तुष्ट बनाएको छ,’ ।

स्थानीय समयानुसार बुधबार अपरान्ह ४ बजे फिल्मको स्क्रिनिङ भएको थियो ।
अभिनेत्री मेनुका प्रधानका लागि यो पहिलो विश्व प्रिमियर समेत हो । उहाँले अन्तर्राष्ट्रिय फेस्टिभलमा आफ्नो यो पहिलो अनुभव हुने भन्दै फेस्टिभलमा धेरैभन्दा धेरै फिल्म हेर्ने योजना रहेको बताउनुभयो ।
हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको आँखाबाट वाचन गरिएको फिल्मले दार्जिलिङको बदलिंदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्छ ।
फिल्मले दुई पुस्ताका चरित्रमार्फत छोरी र आमाबुबाको फरकफरक चिन्तालाई पनि उजागर गर्ने प्रयास गरेको छ ।

‘गुराँस’लाई लोआईक्यु प्रोडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुँलाटीले निर्माण गर्नुभएको हो । फिल्ममा तुलसी खवासले ‘गुराँस’को रुपमा शीर्ष भूमिका निर्वाह गर्नुभएको छ भने फिल्ममा खगेन्द्र लामिछानेको पनि अभिनय छ ।

फिल्मको प्राविधिक काम मुम्बईमा गरिएको थियो । छायांकन सुबल केआरले गर्नुभएको हो भने सम्पादन सौरभ राई र अंकिता पुरकायस्थले गर्नुभएको हो ।
अंकिता फिल्मको साउन्ड डिजाइनर पनि हुनुहुन्छ । अंकिताले यसअघि नेटफ्लिक्स सिरिज ‘बेताल’, ‘टाइपराइटर’, ‘कोटा फ्याक्ट्री’ र अमेजन प्राइमको सिरिज ‘पञ्चायत’मा पनि काम गर्नुभएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला