पोखरामा असार २२ देखि अन्तरदोहोरी साँझ स्तरीय दोहोरी प्रतियोगिता हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरामा अन्तरदोहोरी साँझ स्तरीय दोहोरी प्रतियोगिता हुने भएको छ । विन्दवासिनी दोहोरी साँझ प्रा लिको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।
बुधबार पत्रकार सम्मेलन गरी आयोजक संस्थाले दोहोरी पुन संचालनमा आउन लागेको जानकारी गराएको छ ।

असार २२ देखि २६ गतेसम्म हुने प्रतियोगितामा पोखराका दोहोरी साँझमा गाउने लोकदोहोरी गायकगायिकाबीच प्रतिस्पर्धा हुनेछ ।
संचालक विरेन्द्र केसीले विन्दवासिनी दोहोरी साँझ पुन संचालनमा आएको विषयलाई जानकारी दिने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

उहाँका अनुसार दोहोरी साँझ नयाँ व्यवस्थापनका साथ संचालनमा आएको हो । करिब ८५ लाखको लागतमा चिप्लेढुंगामा संचालनमा ल्याइएको दोहोरी साँझमा पारिवारिक वातावरण रहेको उहाँले बताउनुभयो ।
दोहोरी प्रतियोगितामा सहभागी हुन एक हजार रुपैयाँ टिम दर्ता शुल्क तोकिएको छ । प्रतियोगिताका संयोजक सुमन खड्काले सम्बन्धित दोहोरी साँझकै नियमित कलाकार हुनुपर्ने र समूह दर्ता गर्दा दोहोरी साँझकै लेटरप्याडमा एक गायक र एक गायिकाको नाम सिफारिस गरि पठाउनुपर्ने नियम रहेको जानकारी गराउनभयो ।

उहाँका अनुसार कलाकारले अनिवार्य नेपाली पोशाक लगाउनुपर्नेछ ।
खड्काले दोहोरी प्रतियोगिता दिउँसो ३ बजेबाट विन्दवासिनी दोहोरी साँझमै हुने र साँझ ७ बजेपछि विशेष सांगीतिक साँझ सहित नियमित कार्यक्रम हुने बताउनुभयो ।
दोहोरी प्रतियोगितामा विजेता समूहले क्रमशः ३० हजार, २० हजार, १० हजार नगद सहित मेडल, ट्रफी पुरस्कार पाउनेछन् ।
सान्तवना हुने टिमलाई समेत पाँच हजारको पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
विशेष सांगीतिक साँझमा लोकदोहोरी कलाकारहरु चिज गुरुङ, रवी कार्की र अस्मिता डल्लाकोटी सहित नियमित कलाकारहरुको प्रस्तुति रहनेछ ।
प्रतियोगिता अवधिभर दिउँसो समेत रेष्टुरेण्ट खुल्ला रहनेछ । प्रतियोगिता हेर्न जाने दर्शकलाई प्रवेशका लागि टिकट लाग्ने छैन ।
सो समयमा रेष्टुरेण्टको मेन्युमा समेत परिवर्तन गरिने केसीले उल्लेख गर्नुभयो । उहाँका अनुसार बाहिरका रेष्टुरेण्टकै रेटमा दिउँसोको समयमा खाजा उपलब्ध गराइनेछ ।
यस्तो खालको प्रतियोगिता नेपालमा नै पहिलो पटक भएको दाबी केसीको छ । उहाँले दोहोरी साँझलाई हेर्ने नजरमा फेरबदल हुनुपर्ने आवश्यकतालाई औंल्याउनुभएको छ । दोहोरी फोहोरी हो भन्ने मानसिकता बाट दुर भएर आउन उहाँको ग्राहकलाई आग्रह छ ।
दोहोरी रेष्टुरेण्ट व्यवसायलाई सरकारले समेत थिचोमिचोमा पारेको भनाई उहाँको छ । उहाँ आफै उक्त समस्याबाट ग्रसित हुनुहुन्छ । सक्नेको अन्डर ग्राउन्डको व्यवसाय बन्द गराएको तर नसक्नेको व्यवसायलाई रोक्न पोखरा महानगर चुकेको उहाँले बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला