वडा नं ४ मा विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं ४ को वडा स्तरीय बाल मञ्चको आयोजना र पोखरा महानगर वडा नं ४ को समन्वयमा वडा नं ४ मा बालबालिकाको क्षमता अभिवृद्धिको लागि विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भयो ।
बालबालिका सँग वडा अध्यक्ष कार्यक्रम अन्तर्गत सम्पन्न प्रतियोगितामा क्रमश पहिलो, दोस्रो, तेस्रो र सान्त्वना एलजिना राई (फेवा पब्लिक विद्यालय), फियोना गुरुङ (पश्चिमाञ्चल विद्यालय), क्षितिज अधिकारी ( फेवा पब्लिक विद्यालय ), आयुस पराजुली ( केफ माध्यमिक विद्यालय ) र आरोण बाबू लिगल ( गुरुकुल विद्यालय) रहेका छन् ।
उहाँहरुले रु ४०००,३०००,२००० र १००० सहित प्रमाणपत्र र पेष्टल कलर प्राप्त गरेका छन् ।

वडा अध्यक्ष देवकृष्ण पराजुलीले बालकालिकाहरुको प्रतिभा प्रस्फुटनको लागि प्रतियोगिता आवश्यकता हुने बताउनुभयो ।

विद्यालय स्तरिय चित्रकला प्रतियोगिताका वडा सदस्य प्रकाश कोईरालाले विद्यालयको शिक्षाले मात्र नहुने भएकोले यस्ता प्रतियोगिता आगामि दिनमा पनि प्रतियोगिताहरु गरिरहने बताउनुभयो ।
वडा सदस्य पार्वती माकाजु, विष्णुमाया परियार लगाएतले बालबालिकाहरुको लागि विभिन्न प्रतियोगिताहरु भइरहनु पर्ने र वडा बाल मञ्च र बाल संरक्षण समितिको आग्रह अनुसार नै आगामि कार्यक्रमहरु हुने बताएका छन् ।
प्रमुख निर्णायक विश्वकला यात्री प्राज्ञ नगेन सिंहले कला कहिल्यै नराम्रो नहुने भएकोले पुरस्कृत नभए पनि आफ्नो सिर्जना गरिरहनु पर्ने बताउनुभयो ।
प्रतियोगितामा वडा नं ४ का २१ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागी सबैलाई आर्ट पेपर र पेष्टल कलर आयोजकले उपलब्ध गराएको थियो ।

अन्य निर्णायकमा वडा बाल मञ्चको सल्लाहकार स्वईच्छा सुबेदि र पत्रकार कलाकार ज्योति हमाल हुनुहुन्थ्यो ।
वडा बाल मञ्चको अध्यक्ष सुयोग कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव एलिसा पराजुलीले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला