स्टोरी बैंकमा सर्वोत्कृष्ट फिल्म ‘काँडेतार’लाई १० लाख प्रदान

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । चलचित्र विकास बोर्डले फिल्म ‘काँडेतार’लाई १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । नेपालको अन्तर्राष्ट्रिय सीमामा काँडेतार लगाएर व्यवस्थित गर्नुपर्छ भन्ने विषयमा फिल्म रहेको छ ।
शनिबार आयोजित बोर्डको २३ औं वार्षिकोत्सव अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फिल्मलाई उक्त राशी प्रदान गर्नुभयो ।

स्टोरी बैंक ( कथा संग्रहालय ) अन्तर्गत ‘काँडेतार’को कथालाई उत्कृष्ट ठर्हयाउँदै बोर्डले रकम प्रदान गरेको हो ।
गत वर्ष बोर्डले स्टोरी बैंकका लागि सार्वजनिक रुपमा कथा आह्वान गरेको थियो ।

नवल खड्का निर्देशित र निर्मित यो फिल्मले नेपालमा विदेशी हस्तक्षेप, सीमा अतिक्रमणविरुद्धको सन्देश दिन्छ ।
यो फिल्म फागुन २५ गतेदेखि प्रदर्शन हुँदैछ ।

पुरस्कार ग्रहण गर्दै निर्देशक तथा निर्माता खड्काले देशभक्ति र राष्ट्रवादी भावनामा निर्मित फिल्मलाई सरकारले सहयोग प्रदान गरेकोमा स्वदेशी फिल्मको प्रवद्र्धनमा सहयोग पुगेको महसुस गरेको बताउनुभयो ।
२०७७ सालमा बोर्डले यथार्थपरक, कलात्मक फिल्म निर्माणका लागि प्रोत्साहन गर्न ‘स्टोरी बैंक’ स्थापना गरेको हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला