मलेसियन गुरु आनन्दबाट ३३ लाखको सहयोग हस्तान्तरण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, असार १३ । मलेसियन गुरु आनन्दले बिकासको मुलआधार शिक्षा र स्वास्थ्य रहेकोले आफ्नो सहयोग शिक्षा र स्वास्थ्यमा निरन्तर रहीरहने बताउनुभएको छ ।
गुरु आनन्दको सम्मानमा पोखरामा बुधबार आयोजित कार्यक्रममा गुरु आनन्दले सो कुरा बताउनुभएको हो ।

उहाँले सो कार्यक्रममा भवन निर्माणका लागि पुम्रुखुं बराह मावीलाई २० लाख, रोटरी क्लब लेकसाइडलाई किड्नी डायलसिसको लागि १० लाख, तेस्रो अन्नपूर्ण म्याराथनको लागि ३ लाख रुपैया हस्तान्तरण गर्नुभयो ।
उहाँले नेपालको हिमाली क्षेत्रमा अदितिय सम्भावना र अलौकिक आनन्द प्राप्त गर्ने भएकाले यस क्षेत्रको बिकासको लागि आइरहने बताउनुभयो ।

गुरु आनन्द ४० बर्षदेखि नेपालको अन्नपूर्ण रिजनमा आएर शिक्षा, स्वास्थ्य र बौद्ध गुम्बाहरुमा सहयोग गरिरहनु भएको छ ।
नेपालीहरुको सांस्कारप्रति आफु निकै प्रभावित रहेको बताउँदै नेपालको हिमाली क्षेत्रमा आएर ध्यान र योगमा नयाँ आयाम थपेको बताउनुभयो । उहाँले मानव जिवनलाई उर्जाशिल र सार्थक बनाउन योग र ध्यानको बिशेष महत्व रहेको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश तेक्वान्दो संघले गुरु आनन्दले सल्लाहकारमा समेत मनोनयन गरेको छ ।
सो अवसरमा अध्यक्ष जगन बहादुर गुरुङ, महासचिव रमेश पौडेल, कोषाध्यक्ष माइकल कर्मचार्य लगायत कार्यसमितिका सदस्यहरुले गुरु आनन्दलाई मनोनयन–पत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष गुरुङले नेपालको शिक्षा, स्वास्थ्य, सँस्कृति, पर्यटन र खेल क्षेत्रमा गुरु आनन्दले गर्नुभएको सहयोग अतुलनीय रहेको बताउनुभयो ।

त्यसैगरी एप्सुलुट डोजाङ्का रेकमाया गुरुङले तेक्वान्दोका विभिन्न विधाका खेलहरु प्रर्दशन गराउनुभएको थियो ।
कार्यक्रम संचालक घरना गुरुङले गुरु आनन्दले रोटरी क्लबमा मात्र नभई अन्य क्षेत्रमा समेत उहाँको योगदान थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला