अष्ट्रेलियामा आसाप इन्टरटेनमेन्टको नेपाली फेसन शो ‘हेरिटेज अफ फेसन’सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । नेपाली डायस्पोराको चर्चितमध्येको एक फेसन शो ‘हेरिटेज अफ फेसन’ अष्ट्रेलियाको तास्मानियामा सम्पन्न भएको छ ।
फिल्म निर्माता सन्तोष अधिकारीले यो शोमार्फत नेपाली फेसनलाई अष्ट्रेलियामा फैलाउँदै आउनुभएको छ । यो शोमा अष्ट्रेलियाली सांसददेखि मेयरसम्मको उपस्थिति थियो ।

हेरिटोज फेसन शोको तास्मानिया संस्करणमा सांसद एला हद्दाद, क्लेरेन्स सिटी काउन्सिलका मेयर ब्रेन्डन ब्लोम, एल्डरम्यान लुइस ब्लुमफिल्ड, पल डेनियल र होबार्ट काउन्सिलका सिआर जोन केली उपस्थिति रहे ।
शोमा नेपालबाट कोरियोग्राफर मुस्कान रानी, डिजाइनर अमितेश कर्ण र इन्द्रलक्ष्मी अचाजुसमेत सहभागी थिए ।

आसाप इन्टरटेनमेन्टले आयोजना गरेको उक्त शो तास्मानियामा नेपाली सुमदायको पहिलो शो रहेको अधिकारीले बताउनुभयो ।
‘हाम्रो संस्कृति हाम्रो पहिचान’ नारासहित आयोजना गरिएको कार्यक्रममा नेपाल लगायत विभिन्न देशका कलाकार तथा मोडलले नेपाली फेसन डिजाइनरले तयार पारेका ड्रेसमा ¥याम्प नापेका थिए ।

यसअघि यो फेसन शो नेपाल र अष्ट्रेलियाको सिड्नीमा आयोजना भइसकेको छ ।

निर्माता अधिकारी अहिले दुई सिनेमा ‘एयुडी’ र ‘चित्रा’को प्रि–पोडक्सनमा समेत व्यस्त हुनुहुन्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला