पुन समाजको १७ औं राष्ट्रिय सम्मेलन सम्पन्न, हाम्रो अधिकार कटौती स्वीकार्य छैन् : पुन समाज

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पुन समाजको १७ औं राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ । पोखरा १० रामघाटस्थित पुन समाजको सभाहलमा एक भव्य समारोहका बीचमा उक्त राष्ट्रिय सम्मेलन सुरु भएको हो ।
राष्ट्रिय सम्मेलनमा वक्ताहरुले पुनहरुको अधिकार कटौती गर्ने आफुहरुलाई स्विकार्य नभएको बताएका छन् । उहाँहरु प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले काठमाडौंको एक कार्यक्रममा मगरजाती भएकै कारण मन्त्री बनाएको भन्ने अभिव्यक्तिको विरोध गर्दै एक जाती भएकै कारण त्यसो भन्नु गलत भएको बताए । उहाँहरुले पुन समाजलाई समेत जातीय सूचीमा राखेकोमा खुसी व्यक्त गरेका छन् ।

राष्ट्रिय सम्मेलनको उद्घाटन पश्चात प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य खम बहादुर गबुर्जा पुनले प्रधानमन्त्रीले संविधानविरुद्ध बोल्ने अधिकार नभएको र आफुले संसदमा उक्त कुरा जोडदार तरिकाले उठाउने बताउदै आफु सत्तापक्षकै सांसद भएपनि आफ्नो समाजको विषयमा र अधिकार खोज्ने विषयमा पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘म पनि सत्तापक्षकै सांसद हुँ । तर जसले जे गरेपनि त्यो हेरेर बस्न सकिदैन । प्रधानमन्त्री ज्युले संविधानविरुद्ध बोल्ने अधिकार छैन । जनताको आवाज बोल्ने ठाउँ प्रतिनिधि सभामा हो त्यहाँ मैले जोडतोडले आवाज उठाउनेछु त्यसमा तपाईँहरु ढुक्क हुनुस’ उहाँले भन्नुभयो ।
यस्तै राष्ट्रि तथ्यांक विभागले पुनका लागि निकै राम्रो कदम चालेको र त्यो कदम प्रसंशनीय योग्य रहेको उहाँको भनाई छ । संविधानमै टेकेर तथ्यांक निकाल्दै पुन समाजलाई समेत आदिवासी जनजाती बनाउनु खुसीको कुरा रहेको बताउनुभयो ।

राष्ट्रिय आदिवासी जनजाती महासंघ केन्द्रिय अध्यक्ष चन्द्रसिंह गुरुङले समास्या र सवाल बोकेका जाती एक भएर अघि बढिरहेको बताउदै हिमाल पहाड र तराईका धेरै समाज विशेषगरी आफ्नो पहिचान नभएका कारण सुनाउनुभयो ।
आफुहरुले राज्यमा अधिकार नपाएको र राज्यसत्तामा पहुँच नपुगेको उहाँको भनाई थियो । राज्यसत्तामा पहुँच पु¥याउनका लागि एक भएर अघि बढिरहेको र तथ्यांकमा केही कुरा छुटपुट भएतापनि वर्षौ लगाएर तथ्यांक निकालेको कुरा सकरात्मक लिएको बताउनुभयो । केही समाजको विरोध र राज्यपक्षबाटै तोडमोड गर्ने खेल गरेको कारण राज्यपक्षसँग प्रश्न गर्नुपर्ने उहाँको भनाइ छ । सामन्तवादी सोँच भएका व्यक्ति अहिलेको राज्यसत्तामा रहेको उहाँले आरोप लगाउदैं आजको राज्यसत्ता आदिवासी जनजातीकै योगदानका कारण आएको बताउनुभयो ।
पहिचानको खोजी गर्दा आफुहरुले कसैको विरोध नगरेको खाली आफ्नो अधिकार मात्रै मागेको धारणा व्यक्त गर्दै समानताको हक दिएको र सोही अधिकार मात्र खोजेको उहाँले बताउनुभयो ।

‘हामीले समानताको अधिकार मात्र खोजेका हौं । हामीले कसैको विरोध गरेका छैनौं’ उनले भने, ‘अहिलेको तथ्यांकमाथि कुनै तलमाथि भयो भने हामी सहेर बस्नेवाला छैनौं ।’ पुन समाजका निवर्तमान अध्यक्ष प्रताप पुर्जा पुनले आफुले पहिला नै उठाएको पुनको अधिकारको कुरा अहिले मिडिया र बजारमा चर्चा भएको बताउनुभयो ।
उहाँले हाल पुनको अधिकार कटौती गर्ने काम भइराखेको र यो काम रोकिनुपर्नेमा जोड दिदै पुनहरु कोहि नभएको र चार पाँच जना पुनले उक्सुकाएको भन्ने खालको धारणा केन्द्रस्तरमा देखिनु गलत भएको र त्यसलाई सुधार गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा मगर भएकै कारण मन्त्री बनाएको भन्ने कुराको विरोध गर्दै अब पुनहरु औलामा गन्ने स्थिति नरहेको बताउनुभयो । पुनहरुको अधिकारको संरक्षण गर्ने अधिकार पुनकै रहेको र अन्य कसैको नरहेको बताउनुभयो । पुनको अधिकार गुम्नुको पछाडी पुनहरु पार्टीको निर्देशनमा हिड्नु रहेको उहाँले बताउनुभयो । उहाँले अब अधिकारका लागि पार्टीभन्दा माथि उठेर बुद्धि विवेकले एक हुन अनुरोध गर्नुभयो ।
राष्ट्रिय सौन्दर्यकर्मी महासँघ अध्यक्ष मिना गुरुङले धर्म संस्कृति परम्परालाई एकृकित भएर अगाडी बढाउनेमा विश्वास व्यक्त गर्दै मानिसको सबैभन्दा ठुलो धर्म मानव धर्म रहेको र देश विकासका लागि समेत योगदान गर्ने बताउनुभयो । मौलिक संस्कृति र धर्मको पहिचानका लागि एक जुट भएको बताउनुभयो ।
२०७८ तथ्यांकअनुसार पुन जाती छुट्टै जातीको रुपमा तथ्यांकित गरेको खुसीयालीमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो ।
कार्यक्रममा पुन जातीको संस्कृतिसँग जोडिएका तृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

पुन समाज नेपालका केन्द्रीय अध्यक्ष भीमबहादुर फलामी पुनले जातीय पहिचानको लडाइँमा १७ औं राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने अवस्थासम्म आउँदा धेरै मिहेनत, कष्ट र आर्थिक सहायता प्राप्त भएको बताउनुभयो ।
आज राष्ट्रिय तथ्यांकमा पुन समुदाय सुचिकृत खुसीयाली मनाउँदै गर्दा अझै लडाइँ बाकीँ रहेको उहाँले सुनाउदैं अनुसार पुन समुदाय सुचिकृत भइनसकेको र सुचिकृत उन्मुख रहेको बताउनुभयो । पुन समुदाय सुचिकृत हुन लाग्दा घातप्रतिघातका कुराहरु पनि भइराखेको उहाँले बताउनुभयो ।
‘हाम्रो लडाईँ अझै बाकीँ छ । हामी सुचिउन्मुख जातीमा पर्छौ सुचिकृत जातीमा होइन । अनि लडाइ भनेको सुचिकृत गर्नका लागि अझै जिवित छ त्यसमा हामी बलबुताले भ्याएसम्म, कानुनी अधिकारले दिएसम्म हामी लड्ने छौ र सुचिकृत हुन बाकीँ रहेका जातहरुलाईपनि हामी सुचिकृत गराए छाड्छौ भन्ने प्रतिज्ञा हो’ उहाँले भन्नुभयो, ‘यहाँ कता कता सुनिएको छ पुन समाजको दर्ता खारेज गरिदिने रे । हेरमला हामीपनि कसरी खारेज गर्दो रहेछ । तिमिले खोसेको अधिकार स्थापित गर्न सकेनौ भने जे भन्नुहुन्छ त्यो गर्नेछौं हामी ।’
उहाँले पुन समाजलाई सुचिकृत गर्छुभन्दै आथिर्क हिनामिना गरेको र अहिले पुन सुचिकृत हुँदा विरोध गर्ने गरेको बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला