महिला फिल्मकर्मीको मर्यादित रोजगारी सिर्जना तथा दिगो विकासका लागि नीति ल्याउनुपर्नेमा जोड

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । नेपाली फिल्ममा कार्यरत महिला श्रमिकको लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रसंघीय महिला नियोग (यूएन वुमन)ले मर्यादित रोजगारी सिर्जना तथा दिगो विकासका लागि नीति विषयक संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमले आईएलओ र सरकारसँग मिलेर नीति निर्माण गर्नुपर्ने समेत निष्कर्ष निकालेको छ ।

राष्ट्रिय योजना आयोगको सहकार्यमा मेरिएट होटलमा आयोजित समारोहमा फिल्म क्षेत्रमा कार्यरत महिलाको अवस्था अध्ययन गरेर तयार पारिएको कार्यपत्र प्रस्तुत गरिएको थियो ।
जसमा नेपाली फिल्ममा महिलाको वर्तमान अवस्था, पेशा र श्रमको उचित मूल्य, रोजगारीको सुनिश्चितताबारे छलफल गरिएको थियो ।

आईएलओ नेपालकी प्रतिनिधि कृपा बस्नेतले महिलालाई पेशाको मर्यादाबारे सजग तुल्याउँदै दिगो रोजगारी सिर्जनाका लागि सरकारले तत्काल नीति निर्माण गर्नुपर्ने संवादको निष्कर्ष रहेको बताउनुभयो ।
कार्यक्रममा फिल्म क्षेत्रका विभिन्न व्यक्ति र संघसंस्थाले सुझाव पेश गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयाल र सदस्य सचिव तोयनारायण ज्ञवालीले महिला फिल्मकर्मीको अवस्थालाई बुझेर दिगो मर्यादित पेशाका लागि कार्यक्रम बनाउन सकिने बताए ।
कार्यक्रममा अभिनेत्री वसुन्धरा भुसाल, कलाकार तथा नृत्य निर्देशक पवित्रा आचार्यलगायतले फिल्म क्षेत्रमा काम गराइको अनुभव बाँडेका थिए ।

फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठक, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीलगायतले प्रतिवेदनमा केही गलत तथ्यांक र जानकारी रहेको भन्दै सच्याउन सुझाव दिए ।
अध्यक्ष बलामीले फिल्म नीति निर्माण नगर्दा फिल्म उद्योगमा दिगो राजगारी सुनिश्चितता नभएको बताउनुभयो ।

कार्यक्रममा आईएलओका नेपाल निर्देशक नुमान ओज्कानको साथै महिला बालबालिका मन्त्रालय, श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति, पर्यटन मन्त्रालय, राष्ट्रिय तथ्यांक विभाग, अर्थ मन्त्रालय, युनेस्को, प्लान इन्टरनेसनल, निर्देशक समाज, नृत्य संघका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला