गायक तथा सञ्चारकर्मी बस्यालले जित्नुभयो सर्वोत्कृष्ट राष्ट्रिय गीतबाट अवार्ड

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । कास्की खबर डटकमको आयोजनामा सम्पन्न पहिलो राष्ट्रिय संगीत अवार्ड कार्यक्रम आयोजना भएको छ ।
उक्त अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट राष्ट्रिय गीत विधाबाट गायक तथा सञ्चारकर्मी सन्तोष बस्यालले अवार्ड हात पार्नुभएको छ ।

३७ विधामा अवार्ड बाडिएको अवार्डमा गायक बस्यालले ‘वीर नेपाली’ गीतबाट सर्वोत्कृष्ट राष्ट्रिय गीतमा पाउनुभएको हो । उहाँले पहिलो पटक अवार्ड हात पार्नुभएको हो ।

१२ वर्ष देखि संगीत क्षेत्रमा सक्रिय रहेका गायक बस्यालले ‘मैले तिमीलाई माया गर्दा’ गीतबाट औपचारिक रुपमा गायनमा लाग्नुएको हो । उहाँको रेशम फिरिरी, ढाट्यो मायाले, बस है पियारी लगायतका गीत रेकर्ड भएका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला