आईटिएपफ तेन्वान्दो प्रतियोगिताःप्रदेशमा स्याङजा र जिल्लामा सैनिक दोजाङ च्याम्पियन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा रंगशालामा सम्पन्न भएको तेस्रो प्रदेश स्तरिय तथा पहिलो कास्की जिल्ला स्तरिय आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्याङजा र सैनिक आईटिएफ दोजाङ च्याम्पियन बनेको छ ।

प्रदेश स्तरिय प्रतिस्पर्धामा स्याङजाले १० स्वर्ण,४ रजत र ४ काश्य गरि १८ पदकसहित च्याम्पियन बनेको हो ।
त्यसैगरि १३ पदक सहित बागलुङ दोस्रो बनेको छ । बागलुङले ६ स्वर्ण,३ रजत र ४ काश्य प्राप्त गरेको छ । त्यसैगरि १९ पदक सहित नवलपुर तेस्रो बनेको छ । नवलपुरले ५ स्वर्ण,८ रजत र ६ काश्य हात पारेको हो ।

त्यसैगरि प्रदेश उत्कृष्ठ पुरुष खेलाडीमा स्याङजाका मनिष रेश्मीमगर घोषित हुनुभएको छ । उहाँले स्पाईरिङ र प्याट्रन दुबै प्रतिस्पर्धामा स्वर्ण हात पारि उत्कृष्ट घोषित हुनुभएको हो ।
महिला तर्फ तनहुँका मोनिका कुवँर उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । उनले एक स्वर्ण र एक कास्य गरि उत्कृष्ट महिला खेलाडी घोषित हुनुभएको हो ।

त्यसै गरि पहिलो कास्की जिल्ला स्तरिय प्रतियोगिता तर्फ सैनिक आईटिएपm तेक्वान्दो दोजाङ च्यापम्पियन बनेको छ । सैनिक आईटिएफले ११ स्वर्ण, ५ रजत र ४ काश्य प्राप्त गरि टिम च्याम्पियन बनेको हो ।
त्यसैगरि १० स्वर्ण, ७ रजत र ५ काश्य सहित अञ्जुली आईटिएफ दोजाङ दोस्रो बनेको छ ।
त्यसैगरि जिल्ला प्रतियोगितामा सैनिक आईटिएफ तेक्वान्दो दोजाङका जेनिशा गुरुङ उत्कृष्ठ खेलाडी घोषित हुनुभएको छ । पुरुष उत्कृट खेलाडीमा बाराही आईटिएफ दोजाङका सन्देश खत्री घोषित हुनुभयो ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघको सहआयोजनामा उक्त प्रतियोगिता शनिबार र आईतबार गरि दुई दिन सञ्चालन गरिएको थियो ।
प्रतियोगितामा ७ जिल्ला कास्की, बागलुङ, पर्वत, म्याग्दी, नवलपुर, स्याङजा र तनहुँका महिला तथा पुरुष खेलाडी करिब ३ सय भन्दावढी खेलाडीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा २८ स्वर्ण, २८ रजत र ३२ काश्यपदकका लागि प्रतिस्पर्धा भएको नेपाल आईटिएफ तेक्वान्दो संघ गण्डकीका अध्यक्ष घम बहादुर थापाले बताउनुभयो ।
गण्डकी उपाध्यक्ष तथा रेफ्रि अफिसियल संयोजक आकाशचन्द्र घर्तीमगरका अनुसार प्रतियोगितामा एकल काता स्पाइरिङ, तथा एकल प्याट्रनमा प्रतिस्पर्धा भएको थियो भने स्पाइरिङतर्फ ४५ देखि ८५ केजी तौल सम्म तथा महिलातर्फ ४० देखि ७० केजी सम्म प्रतिस्पर्धा भएको थियो ।
त्यसै गरी एकल प्यार्टनतर्फ ग्रिन बेल्ट देखि ब्ल्याक बेल्ट तेस्रो डान सम्मका खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका थिए ।
प्रतियोगिताको उद्धघाटन शनिबार संघिय सरकारका यूवा तथा खेलकुद मन्त्री दिग बहादुर लिम्वुले गर्नुभएको थियो ।
नेपालमा खेलकुदको बिकास,विस्तार, संरक्षण गर्नुका साथै प्रतिभावान खेलाडीहरुको पहिचान तथा प्रोत्साहन गर्ने ,खेलाडीहरुमा स्तरियताको थप अभिबृद्दी गर्नेका लागि यी र यस्ता प्रतियोगिताहरुले महत्वपुर्ण भुमिका खेल्ने अध्यक्ष थापाले विश्वास व्यक्त गर्नुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला