गाउँपालिकाले स्थानीय कला, सँस्कृति जोगाउन ‘हाम्रो मालिका’ पाठ्यपुस्तक लागू

नगेन न्यूज
  • ख-
  • ख+

गुल्मी, ३ असार । गुल्मी जिल्लाको मालिका गाउँपालिकाले गाउँपालिका भित्रका विद्यालयमा आफ्नै पाठ्यपुस्तक लागू गरेको छ ।

पालिकाभित्रका सबै विद्यालयहरुमा कक्षा १ देखि ८ सम्म ‘हाम्रो मालिका’ नामक पाठ्यपुस्तक लागू गरेको हो ।
गाउँपालिका अध्यक्ष देविराम अर्यालले स्थानीय पाठ्यक्रममा आधरित पाठ्यपुस्तकले शिक्षा सुधारलाई थप टेवा पुग्ने गाउँपालिकाको अपेक्षा सहित गाउँपालिकाले अघिल्लो वर्ष आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागु गर्ने निर्णय यसवर्ष कार्यान्वयनमा ल्याएको बताउनुभयो ।

मालिका गाउँपालिका शिक्षा शाखा प्रमुख भुमबहादुर घर्र्तीले गाउँपालिकाले अघिल्लो वर्ष आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गर्नको लागि शैक्षिक व्यक्तित्वसँग छलफल गरी परामर्श लिएको जानकारी दिदै परामर्श लिएपछि पाठ्यपुस्तक निर्माणको लागि समिति तथा विभिन्न उपसमिति बनाएर गाउँपालिकाले काम गरेर स्थानीय पाठ्यपुस्तकमा व्यवहारिक र व्यवसायिक शिक्षालाई प्राथमिकता दिइएको बताउनुभयो ।

गाउँपालिकाले स्थानीयस्तरका कला, सँस्कृति, रीति रिवाज, परम्परा, चाडपर्व, विभिन्न स्थानीय जातका सामग्रीहरु सबै समेटेर पाठ्यपुस्तक तयार गरेको हो ।

घर्र्तीले पछिल्लो समय ग्रामीण भेगमा पनि आधुनिकताले छोएसँगै परम्परागत पेशा वा अन्य कुरा हराउँदै जान थालेको र गाउँपालिकाले ती कुराहरुलाई जस्ताको त्यस्तै पाठ्यपुस्तकमा उतारेको जानकारी दिनुभयो ।

यसले गर्दा पछिल्लो पुस्तामा पनि नयाँ ज्ञान प्राप्त हुनेछ । गाउँपालिकाले २०८० लाई शैक्षिक सुधार वर्षको रुपमा घोषणा समेत गरेको छ ।

गाउँपालिका भित्रका ५३ सामुदायिक तथा ५ निजी गरी ५८ विद्यालयका चार हजार भन्दा बढी विद्यार्थीले हाम्रो मालिका नाम स्थानीय पाठ्यपुस्तक अध्ययन गर्न थालेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला