फिल्म ‘नम्बरी सुन’को टिजर सार्वजनिक

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटा अभिनित चलचित्र ‘नम्बरी सुन’को टिजर सार्वजनिक भएको छ ।
शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत चलचित्रको टिजर सार्वजनिक गरिएको हो । प्रेमसम्बन्धको कथावस्तुमा आधारित चलचित्रको टिजरले प्रेम सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरेको छ ।

राजु गिरी निर्देशित फिल्ममा नम्रता र गौरवसँगै सरोज खनाल, गौरव दर्पण, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरीलगायत कलाकारको अभिनय छ ।

आगामी भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको यर चलचित्रको छायांकन लमजुङको भुजुंङ खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा गरिएको हो ।
फिल्ममा किरण नेपाली खलपात्र र राजाराम पौडेल सहायक भूमिकामा छन् । नारायण खातीको प्रस्तुति रहेको फिल्मको निर्माता सरोज खाती, सविन खाती र मनोज रिजाल हुन् ।
सुवर्ण शिवांश प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा शिवम् अधिकारीले लेख्नुभएको हो ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला