नेपाल प्रहरीको पर्यटन क्षेत्रमा कार्यरत प्रहरीलाई चिनियाँ भाषाको प्रशिक्षण

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं ३२ जेठ । नेपाल प्रहरीको पर्यटन क्षेत्रमा कार्यरत रहेका प्रहरी कर्मचारीलाई चिनियाँ भाषा प्रशिक्षण दिइएको छ ।
पर्यटक प्रहरी, इमर्जन म्यान्डरिन एकेडेमी (आइएमए) र इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीको सहकार्यमा पर्यटक प्रहरीलाई दुई महिने चिनियाँ भाषा प्रशिक्षण दिइएको हो ।

प्रशिक्षणमा सहभागी पर्यटक प्रहरीलाई प्रमाणपत्र वितरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले पर्यटक प्रहरीलाई चिनियाँ पर्यटकसँग सञ्चार गर्न र उनीहरूको समस्या समाधान गर्न सहज हुने बताउदैं पर्यटक प्रहरीलाई अन्य भाषाको पनि प्रशिक्षण दिन जरुरी रहेको बताउनुभयो ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपाल र चीन छिमेकी मुलुक भएकाले एक आपसमा भाषा जाने हरेक कुरामा सहज हुने धारणा व्यक्त गर्नुभयो ।

चिनियाँ राजदूतावासका काउन्सिलर वाङ्छिन, नेपाल पर्यटन बोर्डका महानिर्देशक होमप्रसाद लुइँटेल, प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठलगायतले प्रशिक्षणबाट पर्यटक प्रहरीलाई काम गर्न थप हौसला मिल्ने बताएका थिए ।

कार्यक्रममा भाषा प्रशिक्षणमा सहभागी पर्यटक प्रहरी लक्ष्मण राउत, कुमारबहादुर खड्का, सुनिता नेपाल, शुभराज महतरा र सुनिल श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

पर्यटक प्रहरी भाषा प्रशिक्षण कक्षाका लागि इमर्जन म्याण्डरिन एकेडेमीले छुट्टै पाठ्यक्रम बनाएर अध्यापन गराएको एकेडेमीका सञ्चालक प्रमिला तामाङले दुई महिनासम्म सञ्चालन भएको बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला