हाइकिङ मार्फत पर्यटन प्रवद्र्धन गर्दै हाइकर्स क्लब नेपाल

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ मुल नाराका साथ विगत ३ वर्ष देखि संचालन भइरहेको हाइकिङ गत शनिबार तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका वडा नं. २ स्थित दगाम सामुदायिक होम स्टेमा सम्पन्न भएको छ ।

हाइकिङको ३५ औं श्रृङ्खला अन्तरगत दगाम पुगेका ३८ जनाको समुहलाई होमस्टे संचालकहरुले अविर, फुलको गुच्छाले स्वागत गर्दै हाइकिङमा सहभागिलाई कलाकारहरुले मगरजातीको मौलिक कौरा नृत्य प्रदर्शन गरेका थिए ।

कोत्रेबाट पैदल यात्रा गर्दै ज्वालादेवी सामुदायिक बन, मकनपुर गाउँ, भुजिकोट हुदै उक्त टोली दगाम पुगेको थियो ।
नेपालका ग्रामिण क्षेत्रमा पर्यटकको आकर्षण वढाउन खोलिएका होमस्टेहरुको स्थानिय परिकार चाख्न इच्छुक जो कोहि आफ्नो खर्चमा हाइकिङमा सहभागी हने हाइकिङका संयोजक कृष्ण रानाभाटले वताउनुभयो ।

मौरी पालन गरी दगाम गाउँले आफ्नो छुट्टै पहिचान गराउन सफल भएको अगुवा समाजसेवी नन्द बहादुर थापाले वताउनुभयो । सहभागीहरु मध्ये केहिले लिटरको १५ सयमा मह पनि किनेर ल्याएका थिए ।
सो अवसरमा नेपाल पर्यटन वोर्ड पोखरा कार्यालयले होमस्टेको लागि पठाएका मुक्तीनाथ मन्दिर र सगरमाथाको तस्विर क्लबका संयोजक कृष्ण रानाभाटले होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष तिला थापा मगरलाई हस्तान्तरण गर्नुभएको थियो ।

हरेक महिनाको अन्तिम शनिबार हुने हाइकिङ कार्यक्रम दिनप्रतिदिन लोकप्रिय हुर्दै गएपछि विधिवत संस्था दर्ता गर्न धेरै जनाले सुझाव दिएका छन् भने क्लबका पदाधिकारीहरुले नेपाल पर्यटन वोर्डको पोखरा कार्यालयमा गई सहयोगको लागि आग्रह गर्दा पनि संस्था दर्ता गरी आएमा सहयोग गर्न सकिने प्रतिक्रिया दिएका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला