
पोखरा, २४ जेठ । पोखरामा हुम्लाका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने उद्देश्यले सांगीतिक कार्यक्रम हुने भएको छ । यस सांगीतिक कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गर्ने हो। हुम्लाका विद्यार्थीहरूलाई शिक्षामा सहयोग गर्ने लक्ष्यले यो कार्यक्रम आयोजित गरिएको छ। यसरी प्रदान गर्ने सामाग्रीले विद्यार्थीहरूलाई पढ्न, लेख्न, गणना गर्न, विज्ञान र गणितमा सहयोग गर्न र उनीहरूको शिक्षा अवसरहरूलाई मजबूत गर्न मद्दत पुर्याउँछ।
सांगीतिक कार्यक्रमको माध्यमबाट यस्ता आयोजनामा भाग लिने, सहयोग गर्ने, र अरुलाई प्रेरित गर्ने सुविधा महसुस गर्दछन्। यस्तै कार्यक्रमहरूले शिक्षामा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुर्याउँछन् र सामाजिक असामाजिकले पिडित र पक्षितलाई साथै शिक्षामा संलग्न गर्दछन्।
यही जेठ २६ गते सभागृहमा साँझ ६ः३० बजेबाट परोपकारी सांगीतिक साँझ हुन लागेको हो । एजुकेट नेपाल प्रोजेक्टले कर्मा फ्लाइट फाउन्डेसनको मातहतमा रहेर उक्त कार्यक्रमको आयोजना गरेको हो ।
हुम्लाको नाम्खा गाउँपालिका (नेपालको अग्लो स्थानमा रहेको गाउँपालिका) का १७ स्कुलका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्न लागेको एजुकेट नेपाल प्राजेक्टका सोभित ठकुरीले जानकारी गराए । उनी पोखराका व्यवसायी पनि हुन् । पोखराको न्यूरोडमा कफी घर संचालन गर्दै आएका ठकुरीसँगै एजुकेट नेपाल प्राजेक्टमा कृष्ण पौडेल, निशान्त ढकाल, सुशान्त पौडेल, विज्ञान ढकाल, निसान लामिछाने, राजु दास लगायत २४ जना युवाहरु भोलियन्टर रुपमा काम गर्दै आएका छन् । आउँदो शुक्रबार हुने सांगीतिक कार्यक्रममा सुरज पण्डित, विनोद बानियाँ, सिडी विजय अधिकारी, सन्तोष बस्याल,अदिती शर्मा र कमेडियन दिपक थापा लगायतको प्रस्तुति रहने आयोजक संस्थाका सोभित ठकुरीले जानकारी गराए।
उनका अनुसार कार्यक्रममा प्रवेशका लागि २५०, ५०० र १००० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । जसमा विद्यार्थीका लागि २५०, कर्मचारी टिकट ५००, र व्यापारीक व्याक्ति र संघ संस्था टिकट भनेर १००० रुपैयाँ राखिएको उनले बताए । प्रेरणा, हौसला र सहयोग भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रमलाई सफल पार्न सम्पूर्ण पोखरेलीको सहयोग रहनेमा ठकुरी आशावादी देखिन्छन् । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
कमाउने दृष्टिकोणले भन्दा पनि सेवाको भावनाले सांगीतिक कार्यक्रमको आयोजना गरिएको भनाई उनको छ । शैक्षिक सामाग्रीको खाँचोमा परेको क्षेत्र हुम्लामा उक्त सामाग्री वितरणको लागि विशेष गरी सचेतना र कोष जुटाउने लक्ष्य आफ्नो रहेको उनले बताए । उसो त एजुकेट नेपाल प्राजेक्टले कर्मा फ्लाइट फाउन्डेसनसँग मिलेर विगत लामो समय देखि दुर्गमका विद्यालयहरूको शैक्षिक क्षेत्रमा उल्लेखनीय कार्यहरू गर्दै आएको छ । संस्थाले हालसम्म कालिकोट, गोरखा, बन्दीपुर, रुकुम, अस्थाम र अन्य विभिन्न ठाउँहरूमा सहयोग गरिसकेको छ।
यस्तै केही समय अगाडि पुर्वी रूकुमका १५ विद्यालयका १ हजार ४ सय ७० विद्यार्थीलाई एक शैक्षिक वर्षको लागि पुग्ने शैक्षिक सामाग्रीहरू वितरण गरेको थियो । शैक्षिक सामाग्री उपलब्ध भएसँगै उक्त ठाउँका बालबालिकाहरुको पढ्ने मनोभावनामा फेरबदल आएको अभिव्यक्ति ठकुरीको छ । शुक्रबार हुने सांगीतिक कार्यक्रम मार्फत उठेको आर्थिक सहयोगबाट शैक्षिक सामाग्री लिएर टोली आउँदो असारको अन्तिम सातामा हुम्ला प्रस्थान गर्नेछ ।