दिप युनाइटेड क्लबको आयोजनामा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, जेठ १८ । “सद्भाब र सहकार्यका लागी एकता” दिप युनाइटेड क्लबले आफ्नो नवौ स्थपना दिवसको अवसरमा वडा नं.१६ मा रहेका मा.वि “कक्षा – ९ र १०” मा अध्ययनरत बिध्यार्थीहरू बिचमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ ।

क्लबका अध्यक्ष खेमराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका कुलपति सुर्य खड्का बिखर्ची रहनु भएको थियो ।
बिखर्चीले क्लबले गरेको कार्यक्रम उच्चस्तरिय रहेको र साहित्यलाई उजार्गर गर्नमा महत्त्वपूर्ण भुमिका खेलेकोमा क्लब प्रति आभार प्रकट गर्नु भएको थियो ।
त्यसै गरि क्लबका अध्यक्ष आचार्यले क्लबले सामाजिक कार्य संगै शिक्षा र खेलकुदलाई पनि समेट्दै आईरहेको र यसमा सबै जनाको साथ रहेको बताउनु भयो ।

त्यसै गरी क्लबका उपाध्यक्ष बिष्णु गुरूङ , विन्ध्यावासिनी मा। विका सहायक प्रध्यानाध्यापक रामबहादुर बानिया, क्लबका प्रमुख सल्लाहकार राजेश गुरूङ, मुल्याङकन समितिका संयोजक श्रीधर न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

निबन्ध लेखन प्रतियोगितामा पोखरा(१६ का १२ वटा बिधालयका २४ जना बिधाथी सहभागी रहेका थिए । प्रतियोगितामा विध्यावासिनी मा।विकी पुर्णिमा भट्टराई प्रथम, गण्डकी बोडिङ्का अंकित आचार्य दोस्रो, सुर्योदय बोडिङकी श्रेया गुरूङ तृतीय र ज्ञान ज्योती मा।विकी करिश्मा गोतामे, गोर्खा बोडिङका सुरेश नेपाली, प्रगति माविकी रेनु परियार, विन्ध्यावासिनी माविकी अन्जली रानाले सान्त्वना स्थान प्राप्त गरेको क्लबका सचिव भिम प्रसाद आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न संघ संस्थाका व्यक्तित्वहरूको उपस्थित रहेको थियो । भने कार्यक्रमको संचालन क्लबका सचिव भिम प्रसाद आचार्यले गर्नु भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला