दिपकबहादुर गोदारलाई पोखरा महानगर कप स्क्वासको उपाधि

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगर कप स्क्वासको उपाधि दिपकबहादुर गोदारले जित्नुभएको छ । पोखरा रंगशालास्थित स्क्वास याकेट संघ कास्कीको कोर्टमा फाईनलमा गोदारले प्रयाग जोशीलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जित्नुभएकोे हो ।

पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष समेत रहनुभएको गोदारले बेष्ट अफ फाईभसम्म पुग्नुभएको थियो ।
पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा संघको प्राविधिक सहयोग एवं व्यवस्थापनमा भएको प्रतिस्पर्धामा सुजन आचार्य र जीवन श्रेष्ठ संयुक्त रुपमा तेस्रो स्थानमा रहे ।
विजेता गोदारले नगद १० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता बनेका जोशीले नगद ५ हजार रुपैयाँ र तेसो भएको आचार्य र श्रेष्ठले भने नगद ३र३ हजार प्राप्त गरे ।

खुल्ला तर्फ २४ जना खेलाडीले सहभागिता जनाएका थिए । त्यसैगरी भेट्रान्त तर्फको प्रतिस्पर्धामा हिराकाजी श्रेष्ठले दुई प्रतिस्पर्धीलाई पन्छाउनुभयो ।
१० जना भेट्रान्स खेलाडीको सहभागिता रहेको थियो । अन्तिम तीनमा पुगेका हिराकाजी श्रेष्ठ, रक्ष्य राना र रबिन्द्र बाटाजू बीच राउण्ड रोविनमा प्रतिस्पर्धा गराईएको थियो ।
राउण्ड रोविनमा हिराकाजीले रक्ष्य र रबिन्द्रलाई पराजित गर्दै उपाधि आफनो बनाउनुभयो ।

उहाँले नगद ५ हजार प्राप्त गर्दा उपविजेता बनेका रक्ष्य रानाले नगद ३ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
जुनियर तर्फको प्रतिस्पर्धामा जेम्स शाक्य प्रथम हुनुभयो । जुनियर तर्फ जेम्सले ब्रिजेश श्रेष्ठको चुनौतिलाई पन्छाईरहदा पियुष जैन र मनोरम बज्रचार्य भने तेस्रो स्थानमा रहे । उहाँहरुले ५, ३ र २ हजार रुपैयाँ प्राप्त गरे ।
विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङ लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला