प्रेस युनियन कास्कीको नवनिर्वाचित पदाधिकारीको पदस्थापन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, जेठ १४ । नेपाल प्रेस युनियन कास्कीको दशौं जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको आज आईतबार पदस्थापन गरिएको छ ।
नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक राजबहादुर गरुङ्गले पद तथा गोपनीयताको शपथ गराउनुभयो भने उद्मोग, पर्यटन, वन तथा बातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

उद्मोग, पर्यटन, वन तथा बातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले लोकतन्त्रको आन्दोलनमा प्रेस जगतको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै लोकतन्त्रको संरक्षणमा पनि उत्तिकै भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

मन्त्री थापाले सञ्चार क्षेत्र र लोकतन्त्र एकआपसमा परिपूरक भएको बताउँदै प्रेस युनियन सम्बद्ध पत्रकारहरू राज्य र समाजले आशा एवं विश्वास गर्ने किसिमको हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालका महत्वपुर्ण काठहरु खेर गईरहेको हुँदा यसको सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री थापाले गण्डकी प्रदेशलाई पर्यटनको क्षेत्रबाट समृद्धि बनाउन पत्रकारहरुले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

नव निर्वाचित अध्यक्ष मिश्रले प्रेस युनियनका सबै लाई समेटेर अगाढि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल प्रेस युनियन कास्कीको पदस्थापन कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्षद्वय गंगाधर पराजुली, रमेश पौडेल, गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारी, प्रेस युनियन कास्कीका सल्लाहकारद्वय तारा पाखे र डा. बलराम उपाध्याय रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमिल्सिना, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष नविन सिग्देल, नि वर्तमान कार्यवाहक अध्यक्ष रविना आले लगाएतले प्रेस युनियनको महत्व र भूमिका लगायतमा आ–आफ्ना धारणा राख्दै युनियनमा कोही कसैलाई काखापाखा नगरी सङ्गठनलाई मजबुत बन्ने विश्वास व्यक्त गरेका थिए ।

युनियनको यही जेठ ७ र ८ गते सम्पन्न जिल्ला अधिवेशनले बासुदेव मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।
सोमबार सम्पन्न भएको युनियन कास्कीको १० औं अधिवेसनले मिश्रलाई अध्यक्षमा सर्वसम्म रुपमा निर्वाचित गरेको हो ।


यसै गरी खुल्ला उपाध्यक्षमा विजय लम्साल, समावेशी÷महिला उपाध्यक्षमा ज्योति हमाल, सचिवमा धन बहादुर गुरुङ ( सुमन ) , कोषाध्यक्षमा निराजन अधिकारी सह सचिवमा सपना अधिकारी सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
त्यस्तै गरी सदस्यहरुमा अजय क्षेत्री, विवेक ढुंगाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, प्रविण थापा, प्रतिमा सापकोटा, बल बहादुर रोका मगर , देविका तामाङ र सविन वि.क.र अभिनन्दन बजिमय रहेका छन् ।
निर्वाचन समितिका संयोजक राज बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन समितिका सदस्य अधिवक्ता हरि भट्टराईले स्वागत तथा अधिवक्ता गिता लामिछानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला