‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक, फिल्ममा बेरोजगारीको कथा

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । जेठ २६ देखि प्रदर्शनको तयारीमा रहेको सोसल(कमेडी फिल्म ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक भएको छ ।
बुद्धि तामाङ र विनोद न्यौपानेको शीर्ष भूमिका रहेको फिल्मले बेरोजगारीले निम्त्याउने समस्या र अन्तरजातीय प्रेमको कथावस्तु पेश गर्छ ।

सरोज पौडेल निर्देशित फिल्ममा लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदेव राई, प्रेविल कँडेल, जयनन्द लामाको समेत अभिनय छ ।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्ले नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सर्वश्रेष्ठ फिल्मको अवार्ड पनि जितेको थियो ।
तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की र सुमन खड्काले फिल्म निर्माण गरेका हुन् ।

मिलन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादन रहेको फिल्मलाई दीर्घ गुरुङले खिच्नुभएको हो । कविराज गहतराज र गम्भीर विष्टको संयुक्त नृत्य निर्देशन रहेको छ ।
राज सागरले संगीत दिएको फिल्ममा शाश्वत श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक रहेको छ । गीतमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठले स्वर दिएका छन् ।
उक्त मितिमा नेपालसहित जापान, अष्ट्रेलिया, अमेरिका र युरोपेली मुलुकमा प्रदर्शन हुने जनाइएको छ ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला