पोखरा । वि.सं २०६५ सालमा अहिलेको युग ललितकला डायमण्ड युग बनाउने उद्देश्यका साथ २०७९ सालको कला क्रान्ति बर्ष ब्यक्ति, कला क्रान्ति बर्ष पुरुष, कला क्रान्ति बर्ष नारी, कला क्रान्ति वर्ष मूर्तिकार र कला क्रान्ति वर्ष काटुनिष्ट घोषणा गरेका छौ ।
नेपाल र नेपालीको गौरब र श्रीवृद्धिमा २०७९ सालमा ललितकला क्षेत्रको माध्यमबाट योगदान दिने हजारौ ललितकलाकर्मीहरुबाट पाठक, पत्रकार र प्राज्ञिक व्यक्तित्वहरुबाट सुझाब, सल्लाह र सिफारीसमा ७७ व्यक्तित्वहरु मनोनयनमा परेको सूचीबाट उत्कृष्ट पाँच कला क्रान्ति बर्ष ब्यक्ति, पुरुष, नारी, मूर्तिकार र काटुनिष्ट छान्ने जिम्मा पाठकलाई लगाएका थियौ ।
अन्तिम नतिजा ‘गुगल फारम’ मा आएका मत विश्लेषणका आधारमा प्रकाशित गरिएको छ । आमपाठकलाई बैशाख महिना भरि आफ्नो मत दिने समय दिइएको थियो ।
कला क्रान्ति वर्ष कार्टुनिष्ट २०७९
नेपाल र नेपालीको गौरब र श्रीवृद्धिको लागि २०७९ सालमा कार्टुन क्षेत्रमा सकरात्मक आशा जगाउने, रचनात्मक कार्यक्रम मार्फत आफ्नो सक्रिय भूमिका स्थापित गरेका ११ पात्रहरू बाट ‘गुगल फारम’ मा आएका मत विश्लेषणका आधारमा उत्कृष्ट पाँच कला क्रान्ति बर्ष कार्टुनिष्टहरु अविन श्रेष्ठ, रविन सायमी, बाशु क्षितिज, रवि मिश्र र अनुप गुरुङ भएका छन् ।
मनोनयनमा भएका ११ कलाकारमा अविन श्रेष्ठ, राजेश केसि, राजेश मानन्धर ,शारदा रन्जित, बाशु क्षितिज, अनुप गुरुङ, उत्तम नेपाल , रवि मिश्र , विन्दु पौडेल , पवन राजवंशी, रविन सायमी रहेका थिए ।














