कला क्रान्ति बर्ष नारी २०७९ घोषणा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । वि.सं २०६५ सालमा अहिलेको युग ललितकला डायमण्ड युग बनाउने उद्देश्यका साथ २०७९ सालको कला क्रान्ति बर्ष ब्यक्ति, कला क्रान्ति बर्ष पुरुष, कला क्रान्ति बर्ष नारी, कला क्रान्ति वर्ष मूर्तिकार र कला क्रान्ति वर्ष काटुनिष्ट घोषणा गरेका छौ ।

नेपाल र नेपालीको गौरब र श्रीवृद्धिमा २०७९ सालमा ललितकला क्षेत्रको माध्यमबाट योगदान दिने हजारौ ललितकलाकर्मीहरुबाट पाठक, पत्रकार र प्राज्ञिक व्यक्तित्वहरुबाट सुझाब, सल्लाह र सिफारीसमा ७७ व्यक्तित्वहरु मनोनयनमा परेको सूचीबाट उत्कृष्ट पाँच कला क्रान्ति बर्ष ब्यक्ति, पुरुष, नारी, मूर्तिकार र काटुनिष्ट छान्ने जिम्मा पाठकलाई लगाएका थियौ ।

अन्तिम नतिजा ‘गुगल फारम’ मा आएका मत विश्लेषणका आधारमा प्रकाशित गरिएको छ । आमपाठकलाई बैशाख महिना भरि आफ्नो मत दिने समय दिइएको थियो ।

कला क्रान्ति बर्ष नारी २०७९
नेपाल र नेपालीको गौरब र श्रीवृद्धिको लागि २०७९ सालमा एकल वा दुबल कला प्रदर्शनी गरेका १३ पात्रहरू बाट ‘गुगल फारम’ मा आएका मत विश्लेषणका आधारमा उत्कृष्ट पाँच कला क्रान्ति बर्ष नारीहरु रागिनि उपाध्याय ग्रेला (अ रेष्ट्रोस्पेक्टिभ अफ एन आट्रिष्ट ), एरिना ताम्राकार ( समानान्तर यात्रा ), संगी श्रेष्ठ (स्पन्दन ), शुसिला सिह (मास्टर पिस) र कुन्ति शाह चन्द भएका छन् ।

मनोनयनमा भएका १३ कलाकारमा रागिनि उपाध्याय ग्रेला (अ रेष्ट्रोस्पेक्टिभ अफ एन आट्रिष्ट ),सम्भना राजभण्डारी ( प्रिन्ट अत्रिबुटे टु द पाष्ट ), एरिना ताम्राकार ( समानान्तर यात्रा ), संगी श्रेष्ठ ( स्पन्दन ), सौरगङ्गा दशर्नधारी ( द इचो अप लाइन ), शुष्मा शाक्य ( चेन ओबरलुकेड रियालिटि ),शुसिला सिह (मास्टर पिस), कुन्ती श्री थापा ( प्यारेलल एक्जिस्टेन्स ), मुना भडेल (केर रिलेसन बिटविन अस ), सविता डङ्गोल ( कम्प्याटिबल थट्स ), कुन्ति शाह चन्द, सपना खरेल (शिल्पाञ्जली) र सरोजा खड्गी रहेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला