प्रधानमन्त्री प्रचण्डद्धारा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजलाई नेपाल भ्रमणको निम्तो

नगेन न्यूज
  • ख-
  • ख+

काठ्माण्डौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भ्रमणको निम्तो दिनुभएको छ ।
नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्समार्फत प्रधानमन्त्री प्रचण्डले नेपाल भ्रमणको निम्तो दिनुभएको हो ।

उहाँले नेपालको विकास र समृद्धिमा अस्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेको बताउनुभयो ।

यस्तै नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरूको विकास र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोगका बारेमा पनि छलफल भएको स्रोतले जनाएको छ ।
वाट्सले अस्ट्रेलियामा नेपालीहरूले राम्रो प्रभाव पारेको भन्दै उनीहरूको योगदानको प्रशंसा पनि गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला