वडा नं ७ को आगामी आर्थिक वर्षका लागि योजना तर्जुमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं ७ को आगामी आर्थिक वर्ष २०८०र८१ का लागि योजना तर्जुमा सम्बन्धी तयारी बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
वडा कार्यालयमा पुर्व जनप्रतिनिधी, टोल समिती, शैक्षिक संघ संस्थाका प्रतिनिधी, राजनितीक दलका प्रतिनिधि तथा स्थानीय नागरिकको उपस्थितिमा छलफल गरेको हो ।

महानगरपालिकाका सबै वडाहरूको समुचित र न्यायोचित विकासका लागि योजनाको प्राथमिकताको मापन गरि बजेट बिनियोजन गर्न छलफल अभियान चलाएको महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो ।

वडाको जनप्रतिनिधिले मात्र वडा भित्रका सबै आवश्यकता महसुस गर्न नसक्ने हुदा बिकास र योजनाको लागि नागरिक सहभागिता महत्त्वपूर्ण हुने वडा नम्बर ७ का अध्यक्ष राम मोहन आचार्यले बताउनुभयो ।
आचार्यले आफुहरुको पाँच बर्षे कार्यकालमा एक बर्ष सकिएको भन्दै अब बाँकी चार बर्षमा समुन्नत र नमुना वडा बनाउन नागरिकको सहभागितामुलक साथ , सहयोग र सल्लाह दिन अनुरोध गर्नुभयो ।

योजना छनौटको प्रक्रियालाई सहभागितामूलक बनाई सबै नागरिकहरूको पहुँच स्थापित गर्ने उद्देश्यले वडा नम्बर २५ बाट शुरु भएको यस्तो प्रकारको अभियान वडा हरु क्रमशः २४, ५, ६, १९ र ७ मा सम्पन्न भएको छ ।

यस्तै केन्द्रिय सरकारको बजेट जेठ १५ गते, प्रदेश सरकारको बजेट असार १ गते र स्थानीय सरकारको असार १५ गते आउने हुदा जेठ ११ गते सम्म सबै वडामा छलफल सक्ने महानगर जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला