डिज्नील्याण्डमा निर्वाचनको अभ्यास गराउदै बाल क्लब र जुनियर रेडक्रस सर्कल गठन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा , २ जेठ । निर्वाचनको अभ्यास गराउदै डिज्नील्याण्ड एकेडेमीमा शैक्षिक सत्र २०८० का लागि नेपाल जुनियर रेडक्रस सर्कल र डिज्नील्याण्ड बाल क्लवको नेतृत्व चयन गरिएको छ ।
कक्षा ६ देखि १० सम्मका १८५ विद्यार्थीलाई समेटेर मतदान प्रक्रिया मार्फत नै नयाँ नेतृत्व चयन गरेको विधालयका प्रचार्य नरेश प्रसाद बरालले बताउनुभयो ।

दुवै निवार्चन १८० विद्यार्थीले मतदान गरे भने ५ जना अनुपस्थित रहे । नेपाल जुनियर रेडक्रस सर्कल तर्फ ७१ मत प्राप्त गर्दै कक्षा ९ की छात्रा आस्था पौडेल सभापतिमा निर्वाचित हुनुभयो । उहाँका निकटम प्रतिनिधी कक्षा ९ कै वर्षा सुनारले ४५ र श्रेया पोख्रेलले ६२ मत प्राप्त गर्नुभयो ।
उपसभापतिमा आफ्ना निकटम प्रतिद्धन्दी श्रीपर्ना सुवेदीलाई मात्र ३ मतान्तरले पछी पादै कक्षा ८ का अनुकल्प नेपाली ७२ मत ल्याएर निर्वाचित हुनुभयो ।

सचिबमा कक्षा ८ का प्रज्वल पराजुलीले ८६ मत प्राप्त गर्दै निवाचित हुनुभयो ।
कोषाध्यक्षमा अंकित खड्का , सह सचिबमा संस्कार बराल निर्वाचित हुनुभयो ।
त्यस्तै सदस्यमा सागरराज पौडेल, विनम्र अधिकारी, स्निती सुवेदी,आवाश पौडेल, विदान्त सिग्देल, इसान लम्साल निर्वाचित भए ।
डिज्नील्याण्ड बाल क्लवको अध्यक्षमा ८६ मत प्राप्त गदै कक्षा ९ का मयक अधिकारी निर्वाचित हुनुभयो ।

त्यस्तै उपाध्यक्षमा कक्षा ८ का शिरिष पौडेल , सचिवमा कक्षा ९ का सुजल भण्डारी, कोषाध्यक्षमा कक्षा ७ की जानवी सुवेदी, सह सचिवमा कक्षा ८ की प्राप्ती पौडेल र सदस्यहरुमा प्राश्ना पौडेल, अनिष ढु·ाना, अद्युत अधिकारी, किशा श्रेष्ठ, हिमेश बराल र क्रिशिका पहारी निवाचित भए ।
निर्वाचन गराउन भन्दा १ हप्ता पहिले देखि नै विभिन्न पदमा उम्मेदवारी प्रस्तुत गरेका विद्यार्थीहरुलाई प्रचार प्रसारको समय ,मतदातालाई मतदान शिक्षा र प्रक्रियाको बारेमा शिक्षा प्रदान गरेको अतिरिक्त क्रियाकलाप प्रमुख प्रेम गिरीले बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला