अन्तर्राष्ट्रिय नाट्य सेमिनार पोखरामा, नेपाल र भारतका ३१ जना नाट्यकर्मी भेला

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । नेपालीभाषी ३१ जना रंगकर्मी नाटकबारेको प्रथम अन्तर्राष्ट्रिय सेमिनारका लागि पर्यटकीय नगरी पोखरामा भेला भएका छन् ।
नेपाल नाट्य प्रतिष्ठानको आयोजनामा सुरु भएको सम्मेलनका लागि १३ भारतीय संस्थाबाट नाट्यकर्मी नेपालमा भेला भएका हुन् ।

शनिबारदेखि सुरु भएको सेमिनारमा नेपाली नाटकको पछिल्लो अवस्था र चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्नेदेखि विमर्श गरिएको थियो ।
नेपालीभाषी नाट्यकर्मीले उक्त अवसरमा अनुभव साटासाट गर्नुका साथै नेपालीभाषालाई त्यहाँको सरकारले महत्व नदिएकोदेखि मूलधारमा बग्न नपाएकोसम्मको गुनासा उनीहरुले प्रस्तुत गरे ।

आफूहरुले भाषा संरक्षणमा काम गरिरहेकोदेखि विम्बमार्फत नाटक मञ्चन गरिरहेको उनीहरुको भनाइ थियो ।
नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पुरुष लम्सालले नेपालमा नाट्य पर्यटनको विकास गर्नुपर्ने बताएका थिए भने पर्यटकलाई पनि नाटक देखाउनुपर्ने बताउनुभयो ।

परिवर्तन थिएटरकी संस्थापक कविता नेपालले नेपाली नाटक पुरानै ढर्रामा अल्झिएको र काठमाडौंले मोफसलका नाट्यकर्मी नदेखेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
अभिनेता कमलमणि नेपालले नेपाल र भारतका नाट्य चुनौती समान रहेकाले काम गर्ने शैलीसहितका कुरामा एकजुट हुनुपर्ने बताउदै सेमिनारमा पेश भएका कार्यपत्रलाई परिमार्जनसहित प्रकाशित गर्ने जानकारी दिनुभयो ।

सेमिनारमा नेपालीसहित भारतको दार्जिलिङ, सिक्किम, आसामलगायत ठाउँबाट नाट्यकर्मी पोखरा पुगेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला