लायन्स न्यूरोड चौतारीको अध्यक्ष अर्जुन पौडेल चयन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । सामाजिक क्षेत्रमा सक्रिय रहदै आएको लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीको अध्यक्ष अर्जुन पौडेल चयन हुनुभएको छ ।
शनिबार भएको क्लबको १२ औं अधिबेशनले लायन बर्ष २०२३÷०२४ का लागि पौडेलका अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो ।
पौडेल यसअघि क्लवको द्धितिय उपाध्यक्षमा रहि विभिन्न जिम्मेवारी निर्वाह गर्दै आउनुभएको थियो ।

त्यसैगरी क्लवको प्रथम उपाध्यक्षमा माधब बास्ताकोटी द्धितिय उपाध्यक्षमा पुर्ण थापा र तृतिय उपाध्यक्षमा राजेश श्रेष्ठ निर्वाचित भएको निर्वाचन कमिटीका संयोजक एवं क्लवका निवर्तमान अध्यक्ष तुलसी प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
त्यसैगरी क्लको सचिवमा बेद प्रसाद अधिकारी निर्वाचित भएका छन भने सहसचिबमा गणेश सेन्चुरी निर्वाचित भएका छन् । क्लवको कोषाध्यक्षमा हरी पन्थी निर्वाचित हुनुभएको छ ।

यस्तै मेम्बरसिप डाइरेक्टरमा शिशिर मिश्र, मार्केटिङ चियर पर्सनमा चुल प्रसाद (सुमन) श्रेष्ठ, एलसीआइएफ चियर पर्सनमा डा.कमल चापागाई र कम्युनिकेशन चियर पर्सनमा केसरी प्रसाद तिवारी चयन भएका छन ।
त्यस्तै क्लबको डाइरेक्टरमा माधब आचार्य,मुक्ति ढकाल, सन्तोष शेरचन, रोमेश्वर आचार्य र दिनेश तुलाधरलाई चयन भएका छन ।

क्लवको सल्लाहकारमा पुर्व अध्यक्षहरु बलराम बडाल, नरहरि पौड्याल, अर्जुन गिरी, दिपक घिमिरे, पवित्रमणी पोखरेल, ध्रुव प्रसाद रेग्मी, नगेन्द्र प्रसाद पोखरेल,क्षेत्र बहादुर बराल क्षत्री, शिवराज बराल, तुलसी प्रसाद पोखरेल र कृष्ण बहादुर लम्साल रहेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला