अनुप बराल निर्देशित फिल्म ‘दोख’ को ट्रेलर रिलिज

सुबी गुरुङ
  • ख-
  • ख+

अनुप बराल निर्देशित फिल्म ‘दोख’ को ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरमा माओवादी द्वन्द्वकालमा भएको दुई गाउँबिचको झगडाको विषयवस्तुलाई प्रस्तुत गरिएको छ।

सामुदायिक वनको स्वामित्वलाई लिएर गाउँ विभाजित भएको र वनमाथि स्वामित्व पाउन दुई गाउँबिच फुटबल प्रतियोगिता आयोजना भएको ट्रेलरमा देख्न सकिन्छ।

सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा राजन कठेतको लेखन रहेको छ।

फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ,रोय दिभ, राज थापा काउछा, सुरज मल्ल, कमल देवकोटा, साजन थापा मगरलगायतका कलाकारहरुको अभिनय छ।

माओवादी द्वन्द्वकालको परिवेशमा निर्माण गरिएको यो फिल्म आगामी २४ गते रिलिज हुँदैछ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला