‘गठबन्धन गर्दा सबैभन्दा ठूलो जित कांग्रेसकै हुन्छ’

लक्ष्मण फुयाल
  • ख-
  • ख+

स्थानीय चुनावको मिति नजिकिँदै छ । स्थानीय निर्वाचनमा राजनीतिक दलहरू उत्साहित बन्दै गर्दा चुनावी सरगर्मी बढ्दै गएको छ । स्थानीय चुनावमा विभिन्न राजनीतिक दलहरू गठबन्धन गरेर अगाडि बढेका छन् । दलहरूबीच तालमेल र गठबन्धनको तयारी तीव्र बनेको छ। सत्तारुढ दलहरूबीच आपसी तालमेल गरेर चुनावमा जाने निर्णयमा केन्द्रीय रुपमा महानगर र उपमहानगरको विषयमा दलहरूले भागबन्डा गरेका छन् । यही विषयमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले विरोध जनाएका छन् । चुनावी भागबन्डा भए पनि कार्यान्वयनमा अनेकौं चुनौतीहरू देखापरेका छन्। स्थानीय चुनावको तयारी, तालमेलको अवस्था लगायत समसामयिक विषयमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेसँग नगेन न्यूज  का लागि लक्ष्मण फुयालले गरेको कुराकानीको सम्पादित अंशः

सत्ता साझेदार पाँच दलबीच स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपहानगरपालिकामा चुनावी तालमेल गरेर जाने लिखीत सहमति भएको छ । यसलाई तपाईँले कसरी हेर्नुभएको छ ?

महानगर र उपमहानगरमा सहमति केन्द्रले गर्ने भनेको थियो। बाँडफाँडको विषय केन्द्रले टुङ्ग्याएको छ । टुङ्गिसकेपछि यसलाई सकारात्मक रुपमा हेर्नुपर्‍यो हामीले । कतिपय पालिकाहरूको आफ्नै संवेदनशील अवस्था थियो । त्यहाँ प्रमुख अरु पार्टीलाई दिन सक्किन भन्ने थियो । त्यसको केही प्रारम्भिक प्रतिक्रिया देखिएका छन्। पार्टी केन्द्रले अरु पार्टीहरूसँग पाँच दल सँग बसेर टुङ्गो गरिसकेपछि यसलाई हामीले सकारात्मक रुपमा लिने । हामीले उम्मेद्वारी दिने । अरूको उम्मेद्वारी गठबन्धनबाट गर्ने र चुनाव जित्ने तर्फ जानुपर्छ।

तपाईहरुले भनेजस्तो स्थानीय तालमेलको आधार अवस्था हेरी टुंगाउँने भन्ने निर्णय त कार्यान्वयन भएन नि ? तपाईहरुको कुरा त सुनेको जस्तो देखिएन ?

त्यसको प्रतिक्रिया छ । स्थानीय मागहरू, आवश्यकता, अवस्थाको कुरा केन्द्रमा आएको थियो। त्यसका बावजुत नेतृत्वले नेगोसियसन अर्थात अर्को पक्षसँग छलफल गर्नेक्रममा यही निचोडमा पुग्यो । यसमा हामीले धेरै प्रतिक्रिया दिएर यसलाई असहमति प्रकट गरेर मात्र उपाय लाग्दैन । निर्णयको अवस्थामा पुगेपछि हामीले कसरी हुन्छ सफल बनाउनुपर्छ।

तपाईहरु तल्लो तहका कार्यकर्ताहरुसँग पनि नियमित भेटघाटमा हुनुहुन्थ्यो उहाँहरुको प्रतिक्रिया चाहिँ के थियो ? उनीहरुको कुरा त नेतृत्वले सुनेको देखिएन ?

प्रतिक्रिया हामीले सुनेका छौँ । सुनेको प्रतिक्रियालाई हामीले केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरेका छौँ। यो सबै कुरा भइसकेर पनि नेतृत्वले एउटा निर्णयमा पुग्नुपर्ने बाध्यता अन्तिम अवस्थामा सिर्जना हुन्छ । नेतृत्वले निर्णयमा पुग्दै गर्दा कतिपय ठाउँमा हामीले भनेजस्तो भयो होला । कति ठाउँमा भनेजस्तो भएन होला । यसलाई हामीले ग्रहण गरेर फेरी असन्तुष्टि देखाइरहँदा थप ठुलो क्षति बेहोर्नुपर्ने हुन्छ त्यसकारण हामीले क्षति कम हुने गरी उपलब्धि धेरै हुनेगरि बढो सुजबुझका साथ अगाडि बढ्नुपर्छ ।

केन्द्रबाटै भएको गठबन्धनको निर्णयले कांग्रेसको स्थानीय तहमा कस्तो प्रभाव पार्ने देख्नुहुन्छ ?

केन्द्रबाट गठबन्धन निर्णय गर्नको लागि केन्द्रकै निर्णय थियो। स्थानीय आवश्यकता हेर्ने निर्णय भित्रकै पाटो थियो। स्थानीय अवस्था र आवश्यकतालाई केन्द्रले हेर्न कोसिश गरेको हो । तर, अन्तिममा छिनोफानो टुङ्गो क्रममा केही ठाउँ दिनैपर्ने जसरी ति ठाँउहरू हाम्रो निम्ति संवेदनशील ठाउँ थिए । उहाँहरूको भनाईअनुसार संवेदनशील रहे । संवेदनशील ठाँउका बारेमा उहाँहरूले अडान राखिसकेपछि कि गठबन्धन टुटाउनुपर्‍यो । गठबन्धन जोगाउनको लागि लिने र दिने कुरामा लचकता देखाउनुपर्‍यो । लचकता देखाउनुपर्ने सन्दर्भमा ती ठाउँमा हामीले छोड्नुपर्ने अवस्था आयो । कांग्रेस सबभन्दा गठबन्धनमा ठूलो दल भएको कारणले गठबन्धन जोगाउनेक्रम बढि लचकता देखाउनुपर्ने बढि जिम्मेदारी बोध गर्नुपर्ने अवस्था हामीलाई रह्‍यो । नेतृत्वले यिनै परिवेशमा त्यस्तै अवस्थामा गठबन्धन एउटा निर्णयमा पुगेको होला । स्थानीय तहमा नोमिनेसन् हुन बाँकी छ । नोमिनेसन पछि प्रचार प्रसार अभियानहरू अगाडि बढ्छन । त्यसले सकारात्मक परिणाम निम्त्याउनुपर्छ। त्यो हाम्रो दायित्व हो ।

किन कांग्रेस नेतृत्वले आफ्नै दलबीचको एकता छाडेर अन्य दलको सहारा लिन गएको ठान्नुहुन्छ ?

त्यो च्यापटर क्लोज भैसक्यो । त्यो छलफल गर्ने विषय अहिले होइन। केन्द्रीय कार्यसमितिको बैठकमा सबै छलफल भएर अन्तिममा सर्वसम्मतिले गठबन्धनमा जाने निर्णय भएको हो । यो छलफलमा पछाडि फर्कन हामीलाई जरुरी छैन । अगाडि बढेर महानगरपालिका उपमहानगरपालिकामा बाँडफाँट भयो । यसै शैलीमा जिल्लाहरूले बाँडफाँड मिलाउनु पर्छ, नगर र गाउँपालिकाहरुमा । सबैतिर बाँडफाँडको न्यायोचित निर्णयमा पुगेर अब गठबन्धनलाई सफल बनाउने क्रममा सबैभन्दा ठूलो सफलताको हिस्सेदार हामी नै हुन्छौँ । हामीसँग भएका दलहरूले पनि उपलब्धि हासिल गर्नुहुन्छ । पहिलेको भन्दा राजनीतिक आकार उहाँहरूको बढ्छ । हामीहरूको राजनीतिक आकार बढ्छ । स्थानीयतहमा गठबन्धनको पक्षमा देशभरि माहोल बनाउँदै अगाडि सोच्ने हो । गठबन्धन किन गर्नुपर्थ्यो भन्ने छलफल चलाउन अव ढिलो भैसकेको छ । छलफल चलाउने समय बेथित भैसकेको छ ।

राजनीतिक र सैद्धान्तिक धार नमिल्ने दलहरुबीच यसरी निर्वाचनमा गठबन्धन गर्नुले स्वच्छ लोकतान्त्रिक प्रतिस्पर्धा भयो ?

सिद्धान्तको कुरा गर्न समय अहिले होइन । केन्द्रीय कार्यसमितिले निर्णय गरिसकेपछि प्राविधिक हिसाबले नेतृत्वमा अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर, वडाअध्यक्ष, नगरसभा, गाउँसभामा सक्दो हाम्रो मान्छे पर्‍याउने हो । पुगेपछि नगरसभाहरूमा, गाउँसभा लगायत मेयर उपमेर जित्यौ भने हाम्रो बहुमत आएपछि हाम्रो विचार सिद्धान्त घोषणापत्रलाई कार्यान्वयन गर्ने खोज्ने हो । यतिखेर सैद्धान्तिक बहस भन्दा पनि हामीले हाम्रो घोषणापत्र लिएर जान्छौ । गठबन्धनको औचित्य के हो । जिज्ञासा उठेको ठाउँमा त्यसलाई प्रस्तुत गर्छौ । त्यो आधारमा चुनाव जित्ने खालेको रणनीति हामी सम्पूर्ण हिसाबले केन्द्रित हुन्छौ। अहिले पछाडि फर्केर बहस गर्ने होइन अब अगाडि बढेर आफ्नो पार्टीले पार्टीसँग सम्बद्ध दलहरू उनीहरूको हितको लागि सबै किसिमले सक्रियता देखाउनुपर्छ।

नेपाली कांग्रेस कमजोर भएर वामपन्थी दलहरुसहित गठबन्धनसँग सहारा लिन बाध्य भएको हो ?

कांग्रेस कमजोर भएको होइन । कांग्रेसले केपी ओली नेतृत्वको नेकपा सरकारको जुन ज्यादती थियो । प्रतिनिधी सभा विघटनको काम पटक पटक उनले गरेका थिए । त्यो ठाउँबाट हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई रेस्क्यू गर्नु थियो । यस क्रममा हामी आफै काफी थिएनौ । माओवादी र समाजवादी लगायत अन्य दलको साथ लिनुपर्न अवस्था थियो ।

प्रतिनिधीसभामा हाम्रो मात्रै मतले सरकार गठन गर्ने सकेका थिएनौँ । जबसम्म प्रतिगमनका असर प्रभावहरू सम्भावना खतराहरू जीवित रहन्छन्।‍ नेपाली राजनीतिमा तवसम्म संविधानलाई जोगाउन जोगाउन संघीय लोकतन्त्रिक गणतन्त्रलाई लाई जोगाउन दुर्घटनाको डिलमा केपी ओलीले पुर्‍याउन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुरक्षित स्थानमा लैजान यसको संस्थागत विकास गर्न हामीले हाम्रो साथमा केपी ओली प्रवृत्तिविरुद्ध एकीकृत भएका अरु राजनीतिक शक्तिहरु दलहरुलाई सँग लिएर जाने राजनीति भित्रको इमान्दार प्रयास हो । हामी संगै भएकाहरूलाई सँग सँगै हिँड्छौ भन्दै गर्दा व्यवस्था नगरेर उहाँहरुलाई उत्तिकै महत्व दिएर उहाँहरुको अस्थित्व स्वीकार गरेर अगाडि बढ्ने राजनैतिक नैतिकताको प्रश्न हो । कांग्रेस कमजोर भएर होइन कांग्रेले जिम्मेवारी बोध गरेर अभिवावकक्त फिल गरेर सुझबुझ तरिकाले गरेको निर्णय हो।

एमालेसँग किन नेपाली कांग्रेस लगायत अन्य दलहरु तर्सिएका हुन ? एक्लै प्रतिस्पर्धा गर्ने आँट नै नभएको हो ?

एमालेसँगको कुरै भएन । एमालेको नेता अध्यक्ष केपी ओलीले संविधानको खिलाफमा संविधान विपरीत दुई–दुई पटक सम्म प्रतिनिधीसभा भंग गरेपछि । उहाँको अहिले अभिव्यक्ति, प्रवृत्ति रवाफ एकाधिकारवादी प्रवृत्ति छ, स्वेच्छाचारी प्रवृत्ति ,अधिनायकवादतर्फ जाने रवैया सत्तामा भएको बेलामा देखाउनुभएको छ । संघीय लोकतन्त्रिक गणतन्त्र जोगाउने संविधान जोगाउने बाटोमा अगाडि बढ्न गठबन्धन बनाएका हौ । यो गठबन्धन अगाडि बढाएका हौ । यो सहकार्य अगाडि बढाएका हौँ ।

अब कांग्रेसको चुनावी एजेन्डा र नाराहरु के– के हुन ? कांग्रेसको अन्य दलभन्दा आफुलाई कसरी मतदातामा फरक पहिचान बनाउँछ ?

संधिय लोकतन्त्रिक गणतन्त्र जोगाउने संविधान जोगाउने बाटोमा अगाडि बढ्ने विषयहरु हुन। यही कुराहरू हुन घोषणा पत्रमा विकास निर्माणसंग सम्बन्धि कार्य्रक्रम, सम्बृद्धी, सुदृण अर्थतन्त्रसंग सम्बन्धित कार्यक्रम, जनता समस्या समाधानहल गर्ने घोषणापत्रमा आउँछ । मुख्य समृद्धीको यात्रा अगाडि बढाउने प्रयोजनको लागि । संविधानको रक्षा यसको संस्थागत विकास गर्ने प्रयोजनको लागि नेपाली कांग्रेसले तिनै तहको निर्वाचन जित्नुपर्छ । तिन तहको निर्वाचन जित्नेक्रममा यसको प्रारम्भ विन्दु यसको जग फाउनडेसन स्थानीय निकायको निर्वाचन हामीले जित्नुपर्छ । स्थानीय तह निर्वाचन जित्ने कुराले नेपालको आगामी राजनीतिको एउटा गन्तव्य तय गर्छ। हाम्रो चुनावी एजेन्डा यिनै हुन्छन् ।

गठबन्धनको यात्रा कहिलेसम्म हुन्छ ? संसद् चुनाव भन्दा परैसम्म जान्छ की ?

अहिले केही भन्न सकिन्न । अहिले आसन्न स्थानीय तहको निर्वाचनको विषयमा केन्द्रित भएर गठबन्धनको कुरा गर्दैछौ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्ने दिशामा जुन बेला एक अर्कामा सम्म साथ र सहयोगमा गर्छौ त्यो बेलासम्म हाम्रो सहकार्यको सम्भावना छदै छ । तर यो पार्टी एकीकरण होइन । यो कुनै स्थायी प्रकृतिको गठबन्धन पनि होइन । अहिले हामी रणनीतिक हिसाबले एउटा निश्चित उद्धेयले लागि एकठाउँमा उभिएका छौ । कहिले सम्म भन्दा पनि यसलाई सकेसम्म राम्रो गर्‍यौ औचित्यपूर्ण सफल बनायौ भने यसको निरन्तरता हुन सक्छ । सफल बनाउने दिशातर्फ मुख्य ध्यान केन्द्रित छ ।

ओली सरकारपछि गठबन्धन सरकार बन्दा जुन किसिमको उत्साह थियो, त्यो हट्दै गएको हो र ? सरकारले प्रभावकारी काम नगर्दा संसदको अधिवेशन अन्त्य गर्ने, देशमा आर्थिक संकट गरिरहेको जस्तो टिप्पणीहरु भइरहेका छन् ?

सरकार चुनावतर्फ केन्द्रित छ । तीन तहको निर्वाचन गराउनु पर्नेछ। तिन तहको निर्वाचन गराउने दायित्व निर्वाह गर्नुमा सरकार केन्द्रित छ । हामीले तिन तहको निर्वाचन सम्पन्न गरेर फेरी मुलुकलाई दोस्रो निर्वाचनको मुखमा स्थानीय, प्रदेश र प्रतिनिधि सभामा निर्वाचनमा लिएर जादैछौ । यसको मूल कार्यमा सरकार अगाडि बढिसकेको छ । स्थानीय निर्वाचनको माहोल सुरु भैसकेको छ । यसबीचमा जेठ १५ मा बजेट ल्याउँछौ ।

अरु तहको चुनाव पनि हामी गर्छौ । केपी ओलीको सरकार जसरी विषयान्तर भएका छैनौँ । जनप्रतिनिधीमुलक संस्थालाई उहाँहरूले चल्न दिनुभएको छैन । जनप्रतिनिधीमुलक संस्था राष्ट्रिय सभा प्रतिनिधि सभालाई सुचारु गर्ने त्यसमा जनताका आवाजहरू त्यहाँ भित्र प्रतिविम्वित गर्ने दिशामा हामी सक्रिय हुन्छौ । आवश्यक ऐन कानुन बनाउन सक्रिय हुन्छौ ।

अन्तिममा, आगामी स्थानीय चुनावमा नेपाली कांग्रेसले कस्तो नतिजा आउने मूल्यांकन गर्नुभएको छ ?

एकदमै सकारात्मक उत्साहपूर्ण नतिजा आउँछ । हामीले सोचेको भन्दा राम्रो परिणाम आउँछ भन्ने मूल्यांकन गरिरहेका छौँ । स्थानीय तहको निर्वाचन भनेको जनताको घर आगँनको सरकार बनाउने एकदमै महत्वपूर्ण अवसरको पूर्वसन्धामा हामी छौँ । यसलाई अधिकतम उपयोग गरौँ। सही पात्रहरुको चयन गरौँ। सही प्रवृतिको चयन गरौँ। सही पार्टीहरुको चयन गरौँ। यसको अधिकतम उपयोग गरौ । यो गरेमा हाम्रो जगमा फाउन्डेसनमा खडा गर्ने स्थानीय सरकारलाई जनताको पक्षमा उपयोग गर्न सक्छौ । तल स्थानीय तहको जरामा लोकतन्त्रको संस्थागत भयो भने त्यसको परिणाम प्रवाह भएर केन्द्रमा, प्रदेशमा पनि देखिन्छ त्यो दिशामा कार्य गर्न हामी सबै लाग्नु पर्छ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला