गठबन्धनले नीतिगत विचलन, स्वार्थको राजनीतिक, अस्थिरता र विदेशी चलखेललाई निम्त्याएको महासचिव पोखरेलको दाबी (भिडीयो सहित)

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १ साउन ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनले नीतिगत विचलन, स्वार्थको सौदाबाजी, राजनीतिक अस्थिरता र विदेशी चलखेललाई निम्त्याएकोे दाबी गर्नुभयो ।
प्रेस चौतारी गण्डकी प्रदेश समितिले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा पोखरेलले गठबन्धन सरकारबाट विकास र समृद्धि सम्भव नभएको बताउनुभयो ।
उहाँले गठबन्धनकै कारण मुलुक संकटको डिलमा पुगेको दाबी गर्नुभएको छ ।
नेपालको राजनीति दुई प्रवृत्तिको तीव्र संघर्षमा रहेको बताउँदै पोखरेलले विकास र समृद्धिको लागि बलियो राष्ट्रिय शक्ति निमार्ण गर्ने एउटा प्रवृत्ति र स्वार्थका लागि राजनीतिलाई सौदाबाजीको विषय बनाउने अवसरवादी गठबनधन प्रवृत्ति देखिएको बताउनुभयो । व्यवस्था परिवर्तन हुँदा राजनीतिक दलहरुबीचमा सहकार्य हुनु स्वभाविक र उचित मानिने तर राष्ट्र निर्मार्णको प्रश्न आउँदा त्यहाँ गठबन्धन होइन, बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने बताउनुभयो ।

पोखरेलले अब राष्ट्र निर्माण गर्ने बलियो शक्ति निर्माण गर्नेकी स्वार्थ केन्द्रित गठबन्धलाई स्थापित गर्ने नेपाली जनताले छनोट गर्नुपर्ने बेला आएको र यो दुनियामा गठबन्धनबाट कुनै देशले प्रगति गरेको इतिहास नरहेको बताउँदै पोखरेलले भिजिनरी लिडर सिप र बलियो राजनीतिक पार्टीको समन्वयबाट मात्र मुलुकको प्रगति हुने विश्वास व्यक्त गर्नुभयो ।

सामाजिक न्यायसहित लोक कल्याणकारी राज्य व्यवस्थाका माध्यमबाट समाजवादमा लैजाने बाटो र समाजलाई उदार पुँजीवादबाट बुर्जुवाकरण गर्ने बाटो मध्ये एउटा तिर राजनीतिक धु्रवीकरण अपरिहार्य भएको उहाँको भनाइ छ । उहाँले अब यी दुई बाटोमा नै धुव्रीकरण हुनुपर्ने र धेरै राजनीतिक दलको आवश्यकता नभएको पनि औंल्यादै नीतिगत नेतृत्वबाट मात्रै देशको विकास सम्भव भएको र यसको नेतृत्व नेकपा एमालेले गरिरहेको दाबी समेत गर्नुभयो । देशलाई समाजवादतर्फ लैजानेकी बुर्जुवाकरण गर्ने छनोट नेपाली जनताले आगामी निर्वाचनमा गर्ने पोखरेलेको बताउनुभयो ।
लुम्विनी प्रदेशको पूर्व मुख्य मन्त्री समेत रहनुभएको पोखरेलले स्वार्थ समूहले गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने खोजेको बताउदै नेपालको अर्थतन्त्रलाई जोगाउन खोज्दा गर्भनर माथि आक्रमण भएको बताउनुभयो ।

कालो धनलाई सेतो बनाउन खोज्ने समूहले गर्भनर हटाउन सक्रिय भएको दाबी गर्दै कालो धनलाई सेतो बनाउन नदिने अडानमा रहेका गर्भनर महाप्रसाद अधिकारीलाई हटाउन अनेक प्रयास गरिएको दाबी उहाँको छ । पोखरेलले स्वार्र्थी समूह योजना अधिकारी हुँदा सम्म सफल नहुनेदेखि उहाँलाई हटाउन खोजिएकोे जिकिर गर्नुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला