प्रेस युनियनको केन्द्रीय महासचिवमा नकुल अर्यालको उम्मेदवारी घोषणा ( भिडीयो सहित )

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
गण्डकी प्रदेशको राजधानी पोखाबाट नेपाल प्रेस युनियनको केन्द्रीय महासचिवमा नकुल अर्यालले उम्मेदवारी घोषणा गर्नुभएको छ । अर्यालले बिहीबार कस्केली केन्द्रिय प्रासदहरुको भेला मार्फत उम्मेदवारी घोषणा गर्नुभएका हो ।

अर्यालले आफूले पत्रकारिता गर्दा देखे भोगेका समस्याहरुको समाधानका लागि सक्रिय हुनु नै आफ्नो उम्मेदवारीको कारण रहेकोे बताउदै प्रेस स्वतन्त्रता, व्यवसायिक पत्रकारिता र पेशागत सुरक्षाका लागि प्रेस युनियनले महत्वपूर्ण ट्रेड युनियन संस्थाको रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उम्मेदवारी घोषणा गर्दै अर्यालले ‘आदरणीय अग्रज एवं साथीहरु १ नेपाल प्रेस युनियनको आसन्न नवौं महाधिवेशनमा महासचिव पदको उम्मेदवारका रुपमा उभिएको छु । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता , पेशागत सुरक्षा र विधिसम्मत चल्ने सुदृढ प्रेस युनियन निर्माणमा सक्रिय रहने मेरो प्रयासलाई यहाँहरुले प्रारम्भिक संवादकै क्रममा व्यापक समर्थन जनाउनुभएकोमा आभारी एवं उत्साहित छु । सबैसँग सम्पर्कमा रहने नै छु । साथ, सहयोग, समर्थन र अमूल्य मतको अपेक्षा गर्दछु ।’ भन्नुभयो ।

अर्यालले महाधिवेशन प्रतिनिधिहरुलाई केन्द्रीय महासचिवमा मतदान गरि विजयी बनाउनुहुन समेत आग्रह गर्दै प्रेस स्वतन्त्रता र पत्रकार हकहितका लागि भएका सबैजसो आन्दोलनमा अग्रमोर्चामा खटिने बताउनुभयो ।

अर्यालले पत्रकारिता क्षेत्रमै देखिएका विकृतिहरुलाई निर्मूल पार्न पनि युनियनजस्ता संस्थाहरु सक्रिय हुनुपर्ने बताउँदै युनियन अन्तर्राष्ट्रिय पत्रकार संघमा आवद्ध नेपालकै अग्रणी संस्थाको रुपमा रहेकोले सदस्यहरुको वृत्तिविकास र अवसर वृद्धिमा युनियनले काम गर्नुपर्नेमा जोड दिने बताउनुभयो ।

पत्रकार महासंघको केन्द्रीय सदस्य हुँदा अर्यालले पहिलो बैठकमै महासंघको सदस्यता शुद्धिकरण, पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता, श्रमजीवी पत्रकारको पक्षमा सशक्त आन्दोलन लगायतका विषयमा लिखित एजेण्डा प्रस्तुत गर्ने कार्य गरिरहनुभएको छ ।

अर्यालले सरकारी स्वामित्वका सञ्चारमाध्यमका सेवाहरु निःशुल्क हुनुपर्ने एजेण्डा पनि पत्रकारिता क्षेत्रमा प्रवेश गराउने, महासंघको केन्द्रीय सदस्य छँदा राज्यले सूचनाको बिक्री वितरण गर्न नमिल्ने भन्दै राष्ट्रिय समाचार समिति लगायत सरकारी स्वामित्व रहेका सेवा निशुल्क गर्न लिखित प्रस्ताव गर्नुभएको थियो ।

प्रेस स्वतन्त्रता र पत्रकार हकहितका लागि भएका सबैजसो आन्दोलनमा अग्रमोर्चामा खटिने अर्यालले चितवनको कायाकैरन राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गर्नुभएको अर्यालले चितवनकै सिर्नर्जी एफ.एम. र आक्रमण साप्ताहिकमा पनि काम गर्नुभएको थियो ।

अर्यालसँग काठमाडौंमा एभिन्यूज टेलिभिजन, न्यूज २४ टेलिभिजन, हिमालय टेलिभिजन, एपीवान टेलिभिजन र योहो टेलिभिजनमा काम गरेको अनुभव छ ।
उहाँले हिमालय टाइम्स राष्ट्रिय दैनिक र देशान्तर मिडिया ग्रुपमा पनि काम गरिसक्नुभएका उहाँले रेडियो नेपालको चर्चित कार्यक्रम ‘घटना र विचार’को सञ्चालक रहीसक्नु भएको छ ।
अर्याल हाल नेपाल प्रेसको समाचार संयोजक रहनुहुन्छ ।
अर्याल डेढ दशक लामो समयदेखी निरन्तर पत्रकारितामा क्रियाशिल हुनुहुन्छ ।

नेपाल प्रेस युनियनको नवौं महाधिवेशन श्रावण ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौंडामा हुँदैछ ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला