फेवा सहकारीको सहकारी शिक्षा अभिमुखीकरण तालिम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
फेवा बचत तथा ऋण सहकारी सस्था लि. को भद्रकाली सेवा केन्द्रसँग आबद्ध शेयर सदस्यहरू सहभागी गराई सहकारी शिक्षा अभिमुखीकरण तालिमका साथ नब निर्वाचित वडा अध्यक्ष लगायत सदस्यहरूलाई बधाई तथा सम्मान गरि सम्पन्न भएको छ ।
पोखरा महानगर पालिका वडा कार्यालय वडा नं. १३ का वडा अध्यक्ष किरण बरालको प्रमुख अतित्थ्यतामा शुभारम्भ गरिएको उक्त अभिमुखीकरण तालिममा फेवा सहकारीले आफ्ना शेयर सदस्य हरूलाई सहकारी भनेको के हो भन्ने जानकारी गराउने उद्देश्य राखी भद्रकाली सेवा केन्द्रमा आबद्ध सदस्य हरूलाई सहकारी दिएको शिक्षाको प्रगति र उन्नतीको कामना गर्दै सिक्का शिक्षालाई आफ्ना छर छिमेक सम्म पु¥याउनु भई फेवा सहकारी का साथ आ आफ्नो प्रगतिको कामना गर्नुहँुदै धेरै सहकारी संग चुनौतीका साथ वडा नं १३ मा सेवा केन्द्र संचालन गरेकोमा आफूले हरेक समयमा सहयोग गर्ने बताउनु हुदै शुभकामना दिएका थिए ।
उक्त सहकारी शिक्षा अभिमुखीकरण तालिम कार्यक्रममा वडा न १३ का वडा अध्यक्ष किरण बराल, वडा नं २३ का वडा अध्यक्ष एवं फेवा सहकारी कार्य समिति सदस्य रामकाजी गुरूङ्ग, वडा न १३ का महिला वडा सदस्य सूचित तामाङ्ग, दलित महिला सदस्य रचना परियार, वडा सदस्य सरिफ अली मिया, बल बहादुर बराल र वडा नं १ का वडा सदस्य एवं सहकारीका शेयर सदस्य राम्जी प्रसाद पौडेल लाई दोसल्ल, माला, टिका र बुकी द्वारा अध्यक्ष क्या चन्द्र प्रसाद गुरुङ्ग उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेल ले वडा विकासमा पुर्ण सफलताको कामना का साथ बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो ।
सहकारी शिक्षा अभिमुखीकरण कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अनुगमन अधिकृत एवं प्रमुख प्रशिक्षक सूर्य प्रसाद तिमल्सिनाले अति सरल भाषामा सहकारीको परिभाषा, ईसाइ अर्थ, सहकारीको सिद्धान्त र सहकारी भनेको के हो भन्ने बिषयमा केन्द्रित रहि सहकारी आफैंमा ब्यबसाय भएता पनि सानो सानो रकम जम्मा गर्ने एउटा थलो हो ।सहकारी भनेको हुने खाने भन्दा हुदा खाने हरूलाई सहभागी र त्यस्तालाई सहयोग गर्ने सस्था भनेको सहकारी हो जस्तै न्यून आय आर्जन भएका शेयर हरूलाई एकै ठाउमा समेटी साथ र सहयोग गर्ने सस्था भएको हुदा सहकारी र बैकमा धेरै फरक भएको स्पष्ट पार्नुपर्छ हुदै सहकारी भनेको आफू त्यस्को साहुको र बैक भनेको हामि साहु होइनन् बिषयमा सरल तरिकाबाट प्रशिक्षण दिनुहुदै सहकारीमा पनि फेवा मै किन भन्ने कुरालाई पुष्टि गर्नुहुदै पोखराको गनिने मध्य आफ्नै भवन र शेयर सदस्यहरू बिच राम्रो समन्वय रहेको सहकारी फेवा सहकारी हो र आज सहकारी शिक्षा सबैमा आउनु पर्छ भनी सहकारी शिक्षा अभिमुखीकरण तालिम को आयोजना गरिएको हो ।
भद्रकाली सेवा केन्द्र संग आबद्ध रहेका करिब ३सय जना शेयर सदस्यहरूलाई दिईएको उक्त प्रशिक्षण कार्यक्रममा फेवा बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेलले फेवा को स्थापना देखी आज सम्मको बित्तिय कारोबार को बारेमा बताउदै २७ जना बाट ४७ हजार ५ सयबाट संचालित सहकारीमा हाल १ अर्ब २२ करोड १७ लाखको कारोबार रहेको उक्त सहकारीमा सृजनाचोक सेवा केन्द्र र भद्रकाली सेवा केन्द्र संचालनमा ल्याइएको जानकारी गराए ।
उक्त प्रशिक्षण कार्यक्रममा वडानं २३ का वडा अध्यक्ष एवं सहकारी का संचालक समिति सदस्य रामकाजी गुरूङ्ग,बाझापाटन तमू समाजका अध्यक्ष सु. कृष्ण बहादुर गुरुङ्ग, याङ्जाकोट तमू समाज का अध्यक्ष सु. चन्द्र बहादुर गुरुङ्ग, टावर मार्ग आमा समुह का अध्यक्ष नन्द माया पौडेल लगायतका वक्ता हरूले फेवा सहकारी सस्थाले दिएको तालिम ब्यबस्स्थित कारोबार र यस्ता तालिमले भद्रकाली सेवा केन्द्र का साथ यस क्षेत्रका स्थानिय समेतलाई सहकारीको बिषयमा ज्ञान मिलेको बताउनुहुदै फेवाको प्रगतिको कामना गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा भद्रकाली सेवा केन्द्रका संयोजक क्या. श्याम बहादुर गुरुङ्गले स्वागत गर्नुभएको उक्त सहकारी शिक्षा अभिमुखीकरण कार्यक्रममा फेवा बचत तथा ऋण सहकारी सस्थाकि अध्यक्ष क्या.चन्द्र प्रसाद गुरुङ्ग को सभापतित्वमा सम्पन्न कार्यक्रमको भद्रकाली सेवा केन्द्रका संचालक श्याम गुरुङ्गले संचालन गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला