नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा , चैत २२ । नेपाली लेखक संघ कास्कीको छैटौं अधिवेशनले कमल पौडेल अथकको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सह सचिवमा वसन्त चालिसे, कोषाध्यक्षमा गायत्री पराजुली र सदस्यमा भेषराज पौडेल निर्वाचित भएका छन् ।

संघका सल्लाहकार लक्ष्मी थापाको संयोजकत्वमा गठित हीममाया पौडेल र अमृत क्षेत्री सदस्य रहेको निर्वाचन समितिले सो नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
समितिका वाँकी सदस्य तथा सल्लाहकारहरु कार्यसमिति बैठकले चयन गर्ने लेखक संघ कास्कीका अध्यक्ष कमल पौडेल अथकले जानकारी दिनुभएको छ ।

नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक लक्ष्मण थापा, सदस्य हीममाया पौडेल, अमृत क्षेत्री र सल्लाहकार डा. लक्ष्मीशरण अधिकारीले अविर, खादा र प्रमाण पत्र प्रदान गरेका थिए ।
नव निर्वाचित कार्यसमितिलाई यस अघिको समितिले माईन्यूट हस्तान्तरण गरेको थियो ।

यस अघि अधिवेशनको उद्घाटन गर्दै संघका सल्लाहकार प्रा डा लक्ष्मीशरण अधिकारीले लेखकीय स्वतन्त्रता सहित लोकतन्त्रवादी लेखक साहित्यकारको जमघट हुने थलो लेखक संघ भएको बताउनुभयो । उहाँले देशको कठिन घडीमा लेखक साहित्यकारहरूको सिर्जनाले विशेष अर्थ राख्ने धारणा व्यक्त गर्नुभयो ।
संघका अध्यक्ष रीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष इश्वरमणि अधिकारी, प्रदेश अध्यक्ष दीपक समीप उपाध्यक्ष कमल पौडेल अथक र सचिव सञ्जय न्यौपाने प्राञ्जलले आÇना भनाई राखेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला