पोखरामा आईसीटी बुट क्याम्प तथा डिजिटल गभर्नेन्स ह्याकाथन सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २१ चैत । पोखरालाई सूचना प्रविधिको हब बनाउने लक्ष्यसहित पोखरा महानगरपालिकाले आईसीटी बुट क्याम्प तथा डिजिटल गभर्नेन्स ह्याकाथन कार्यक्रम सञ्चालन गरेको छ ।
महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रको वार्षिक विकास कार्यक्रम अन्तर्गत æस्वदेशी लगानी, विदेशी कमाईÙ समृद्ध महानगर, युवामा लगानीÆ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो ।
केन्द्रका प्रमुख नवराज अधिकारीका अनुसार यस पहलले डिजिटल युगमा प्रवेश गर्न तथा सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्याहरू समाधान गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ । “लाइनमा बसेर होइन, अनलाइनबाट सेवा लिन सकिने प्रणाली विकासतर्फ यो कार्यक्रम उपयोगी हुनेछ,” उहाँले बताउनुभयो ।
कार्यक्रममार्फत युवाहरूलाई आधुनिक सूचना प्रविधि—जस्तै एआई, क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी र डाटा सेवामा व्यवहारिक ज्ञान प्रदान गरिएको छ । साथै, स्थानीय तहका डिजिटल समस्याहरू पहिचान गरी समाधान विकास गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्य पनि राखिएको छ ।
ह्याकाथनमा ६३ जनाबाट आवेदन परेकोमा ४० जना छनोट भएका थिए भने अन्तिम प्रतिस्पर्धामा ९ टोलीका २१ जना सहभागी भएका थिए ।
प्रतियोगितामा बाइट्स नेपाल टोलीका प्रदीप ढकाल र प्रविन बराल प्रथम भई ५० हजार रुपैयाँ पुरस्कार जित्न सफल हुनुभयो ।
त्यस्तै, कृषि कनेक्ट टोलीका विशाल कोइराला र निश्चल खनाल द्वितीय भई ४० हजार रुपैयाँ तथा नीति डिकोड -बोलपत्र ट्र्याकिङ सिस्टम) टोलीका शिवशंकर श्रेष्ठ र सचेतसिंह कार्की तृतीय भई ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रविधिको उपयोग समयानुकूल आवश्यक भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले पोखरालाई आईटी हब बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले महानगरले सूचना प्रविधि पार्क निर्माण, डिजिटल पालिका तथा अन्य प्रविधिमैत्री परियोजनाहरू अघि बढाइरहेको जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले डिजिटल प्रणालीमार्फत सेवा प्रवाह गर्दा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि हुने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रम आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा गण्डकी विश्वविद्यालय, नेपाल टेलिकम र एआइसिनको सहकार्य रहेको थियो ।
साथै, मूल्यांकनकर्ताहरूमा सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बराल, अर्थविज्ञ होमनाथ गैरे, रिभ आईटीका प्रमुख कार्यकारी अधिकृत रुपेश आचार्य, नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर प्रविन नेपाली तथा अर्थसिद्धि इन्भेष्टमेन्ट कम्पनीका प्रतिनिधि अस्मित नेपालको उपस्थिति रहेको थियो ।
कार्यक्रमले युवामा नवप्रवर्तन, टीमवर्क र डिजिटल उद्यमशीलता विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला