बिरुवा मार्ग टोल विकास संस्थाको अध्यक्षमा शर्मा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ स्थित बिरुवा मार्ग टोल विकास संस्थाको सातौ साधारण सभा तथा चौथो अधिवेशनले हरिश्चन्द्र शर्माको अध्यक्षतामा आगामि २ वर्षको लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा इश्वर के.सी., सचिवमा चन्द्र प्रसाद पौडेल, कोषाध्यक्षमा शोभा श्रेष्ठ, सहसचिवमा सरस्वती उपाध्याय र सदस्यहरुमा डुल्माया ढकाल, कमल लम्साल, हुमाकान्त भण्डारी, दिनेश पाण्डेय, सविता पंगेनी ढुंगाना र अनिता रेग्मी -अर्याल) सर्वसम्मत चयन भएका छन् ।

 

अध्यक्ष शालिकराम भण्डारीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले निकै मेहनत र सबैको सहयोगमा आफ्नै भवन बनाउन सफल भएको, उज्यालो टोल र सबै सडक पिच बनाउने अभियानमा सफलता हासिल गरेको वताउँदै अब कुकुर पालक सदस्यहरुसंग छलफल र अन्तरक्रिया गरेर समाधान निकाल्नु पर्ने वताउनुभयो ।
कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगीले कार्यक्रमको उद्घाटन गर्दै टोल विकास संस्थाहरु वडा कार्यालयका सहयोगी संस्था भएको वताउँदै टोलमा गर्नुपर्ने विकास निर्माण, आय आर्जनका कुरा समेटेर योजना वनाउँदा पेश गर्न सुझाव दिनुभएको थियो ।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय सदस्य कृष्ण रानाभाटले टोलविकास संस्थाका सदस्यहरुले पहिले आफ्ले आफुलाई नै हेर्नु पर्ने वताउँदै घरघरमा फोहरको वर्गिकरण गरेर महानगरपालिकाको फोहरमैला व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष खम बहादुर केसीले बाटोहरु साँघुरो भएको कारण स्कुल बस संचालन हुने समयमा पैदल हिड्न असहज भएको, कुकुरलाई दिसापिसाव गराउन वाटोमा ल्याउने लगाएतका समस्या समाधानमा सबैले चासो लिनुपर्ने वताउनुभयो ।

सो अवसरमा जेष्ठ नागरिक मञ्च पोखरा १७ अध्यक्ष टोपराज ढुँगाना, तल्लो बिरौटा टोल बिकास संस्थाका अध्यक्ष चेतनाथ चालिसे, बिरुवा आमा समुहकी अध्यक्ष हरिकला भण्डारी लगायतले आफ्ना धारणा राखेका थिए ।
सभामा अध्यक्ष शालिकराम भण्डारीको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सरस्वती उपाध्यायले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो ।
त्यसैगरी संस्थाद्धारा निर्मित बहुउध्येश्यिय भवनको लागि आर्थिक सहयोग गर्ने तथा अन्य सहयोगदाताहरु नारायण प्रसाद अधिकारी, शंकर शर्मा भट्टराई, खमबहादुर केसी, ध्रुब ढुंगाना, बलभद्र भट्टराई, गीता केसी क्षेत्रीलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष शालिकराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मण जि.सीले स्वागत र संचालन सचिव चन्द्र प्रकाश पौडेलले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला