समाजसेवी भण्डारीद्वारा जन्मदिनका अवसरमा विद्यालयमा छात्रबृत्ति अक्षयकोष

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २१ चैत । समाजसेवी एवम् ट्रेड युनियन कांग्रेस कास्कीका पूर्व अध्यक्ष विजयराज भण्डारीले आफ्नो ६८ औं जन्मदिनका अवसरमा पोखरा महानगरपालिका वडा नं ३० स्थित त्रिभुवन शान्ति माध्यमिक विद्यालयमा दुई लाख रुपैयाँको छात्रबृत्ति अक्षयकोष स्थापना गर्नुुभएको छ ।
विद्यालयमा शनिबार आयोजित एक कार्यक्रमका बीच उहाँले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र रेग्मीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुुभएको हो ।
समाजमा केही योगदान गरौं भन्ने भावनाका साथ विजयसीता छात्रबृत्ति अक्षयकोषका नाममा राखिएको अक्षयकोषको ब्याज मध्ये वार्षिक रुपमा ५० प्रतिशत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने र ५० प्रतिशत मूल कोषमा नै जम्मा गरिने भण्डारीले जानकारी दिनुुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षाका क्षेत्रमा गरिने लगानी नाफा नभै राष्ट्रका प्रतिको् योगदान भएको बताउनुभयो ।
शिक्षाको विकास बिना अन्य क्षेत्रको विकास सम्भव नहुने बताउँदै उहाँले शैक्षिक गुणस्तरीयताका लागि गरिएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र रेग्मीले यस्ता सहयोगले विद्यालयको शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
समाजसेवी भण्डारी हाल ट्रेड युनियन कांग्रेस केन्द्रीय प्रचाप्रसार समितिको सदस्यसँगै जनप्रकाश बहुुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्षको जिम्मेवारीमा रहनुुभएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सोमत लामिछाने, पोखरा–३० का पूर्व वडा अध्यक्ष श्रीराम पोखरेल, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, नेपाली कांग्रेस पोखरा–३० का सभापति ध्रुबराज न्यौपाने, नेपाल शिक्षक संघ रुपाका अध्यक्ष चन्द्रमणि पौडेल, टे«ेड युनियन कांग्रेसका जिल्ला उपाध्यक्ष मणिराज कंडेल लगायतले भण्डारीले गर्नुुभएको सहयोग अरुका लागि पनि अनुुकरणीय हुने बताउनुुभयो ।
उक्त अवसरमा अक्षयकोषदातालाई विद्यालयका तर्फबाट सम्मान गरिएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला