सैनिक कौशलमा नेपाली सेना विश्वकै उत्कृष्ट: पाकिस्तानमा ३८ टोलीलाई हराउँदै प्रथम

नगेन न्यूज
  • ख-
  • ख+

काठमाण्डौं । मित्रराष्ट्र पाकिस्तानमा सम्पन्न नवौँ पाकिस्तान आर्मी टीम स्पिरिट प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अंकसहित स्वर्ण पदक जित्दै प्रथम स्थान हासिल गरेको छ ।

माघ २२–२४ गतेसम्म पाकिस्तानको पञ्जाब प्रान्तस्थित खारियाँमा रहेको नेसनल काउन्टर टेरोरिजम सेन्टर (एनसीटीसी) मा प्रतियोगिता आयोजना गरिएको थियो । सैन्य अभ्यासमा पाकिस्तानसहित १७ राष्ट्रका ३८ वटा सैनिक टोलीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगिताका क्रममा सहभागी टोलीहरूको शारीरिक सहिष्णुता, मानसिक दृढता, पेशागत ज्ञान, रणकौशल तथा समन्वय क्षमताको परीक्षण गरिएको थियो । ती सबै मापदण्डमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेनाको टोलीले सबैभन्दा बढी अंक प्राप्त गरी स्वर्ण पदक हात पारेको छ ।

सन् २०१६ देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपाली सेनाले यसअघि पनि सन् २०२२ र २०२५ मा स्वर्ण पदक प्राप्त गरिसकेको छ । पछिल्लो सफलतासँगै नेपाली सेनाले अन्तर्राष्ट्रिय सैन्य अभ्यासमा आफ्नो व्यावसायिक क्षमता, अनुशासन र प्रतिस्पर्धी दक्षता पुन प्रमाणित गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला