फोटो पत्रकार अक्षयकोषमा डा. अनिल सुवेदीको सहयोग

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ९ चैत । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको “फोटो पत्रकार अक्षयकोष” मा डा. अनिल सुवेदी आर्थिक सहयोग गर्नुभएको छ ।
कृषि वैज्ञानिक डा. सुवेदीले अक्षयकोषमा नगद १० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । कृषि तथा वातावरण विज्ञ डा. सुवेदीले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।

जैविक विविधता, अनुसन्धान र विकासका लागि स्थानीय पहल (लि–बर्ड) का पुर्व कार्यकारी निर्देशक समेत रहेका डा. सुवेदीले फोटो पत्रकारको हितका लागि फोटो पत्रकार अक्षयकोषमा सहयोग गरेको बताउनुभयो ।

सहयोग प्राप्त भएपछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले डा. सुवेदीलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिनुभयो ।
कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला