निर्वाचन आयोगको टिकटक च्यालेञ्जः भिडियो बनाउनुहोस्, ५० हजार जित्नुहोस्

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, माघ २७ । आगामी २१ फागुन हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले चेतनामूलक टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको छ ।

विषेशगरी आयोगले निर्वाचन प्रचारप्रसार, आचारसंहिता र मतदाता शिक्षाबारे जानकारी फैलाउन यो अभियान सञ्चालन गरेको हो ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले अधिकतम एक मिनेटको सिर्जनात्मक भिडियो तयार गरी टिकटकसँगै युट्युब र फेसबुकमा पोस्ट गर्नुपर्नेछ ।

पोस्ट गरिएका भिडियोमध्ये भ्युजका आधारमा उत्कृष्ट तीन भिडियो छनोट गरिने आयोगले जनाएको छ ।

आयोगका अनुसार यस प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागीहरूले आफूले बनाएको भिडियोको लिंक फागुन ३ देखि १७ गतेभित्र आयोगको इमेल tiktok@ecn.gov.np मा पठाइसक्नुपर्ने पनि जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला