फागुन २१ को निर्वाचनः १ करोड २२ लाख मतपत्र छपाइ सकियो, प्याकिङ अन्तिम चरणमा

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, माघ २६ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले यसको तयारीलाई तीव्रता दिएको छ ।

यसै अन्तर्गत हालसम्म देशका ४४ जिल्लाका १ सय निर्वाचन क्षेत्रका लागि मतपत्र छपाई कार्य सम्पन्न भएको आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार अहिलेसम्म कुल १ करोड २२ लाख ५६ हजार मतपत्र छापिसकिएको छ ।

छपाईसँगै ती मतपत्रहरूको प्याकिङसमेत सम्पन्न भइसकेको छ भने १० हजार ७ सय ५९ बाकस मतपत्र सुरक्षित रूपमा तयारी अवस्थामा राखिएको जानकारी उहाँले दिनुभएको छ ।

छपाई सम्पन्न भएका जिल्लामा हिमालीदेखि तराईसम्मका डोल्पा, मुगु, जुम्ला, हुम्ला, जाजरकोट, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, झापा, सुनसरी, मोरङ, गोरखा, तनहुँ, स्याङ्जा, बर्दिया लगायत ४४ जिल्ला समेटिएका छन् ।

आयोगले ती जिल्लामा मतपत्र ढुवानीको तयारीसमेत थालेको छ। प्रतिनिधिसभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी मा गत पुस २२ गतेदेखि मतपत्र छपाई सुरु गरिएको हो ।

पहिलो चरणमै १० लाख ९८ हजार २ सय नमूना मतपत्र तयार गरी सम्बन्धित जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ माघ १३ गतेसम्म २ करोड ८ लाख ३० हजार मतपत्र छापेर प्याकिङ तथा रुजु सम्पन्न गरिएको छ ।

प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीतर्फ आवश्यक २ करोड ३ लाख २३ हजार मतपत्र छाप्ने लक्ष्य राखिएको छ । यसको हाल छपाईको काम भइरहेको छ ।

निर्वाचन मिति नजिकिँदै जाँदा आयोगले मतपत्र छपाई, प्याकिङ र ढुवानीलाई समयमै सम्पन्न गर्ने गरी कार्यतालिका अघि बढाएको जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला