लेखक कृति पुरस्कार तथा स्रष्टा सम्मान अर्पण कार्यक्रम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेपाली लेखक सङ्घ कास्कीले लेखक कृति पुरस्कार २०८१ र स्रष्टा सम्मान कार्यक्रम एक भव्य समारोहका बिच सम्पन्न गरेको छ ।
गण्डकी प्रदेशमा जन्मले वा कर्मले क्रियाशिल लेखकको पुस्तकलाई पुरस्कृत गर्ने अभिप्रायले स्थापित लेखक कृति पुरस्कार यसपटक २०८१ सालमा प्रकाशित पुस्तकहरु मध्येबाट छनौट गरी नवलपुरका स्रष्टा वरिष्ठ कवि गोविन्दराज विनोदीको पुस्तक अलङ्कार इन्द्रेणी लाई रु पच्चिस हजार सहित पुरस्कृत गरिएको छ ।

त्यसैगरी वरिष्ठ कवि तारा पाखेलाई लामो समय नेपाली साहित्यमा योगदान दिए वापत स्रष्टा सम्मान गरिएको छ ।
डा. लक्ष्मीशरण अधिकारीको संयोकत्वमा डा गणेश शर्मा र डा. विष्णुप्रसाद शर्मा सदस्य साथै संस्थाका अध्यक्ष र सचिव पदेन सदस्य रहेको समितिले कृति छनोट गरी कार्यसमितिलाई पुरस्कारकोलागि सिफारिस गर्दै कार्यसमितिको मिटिङले सिफारिसलाई अनुमोदन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली लेखक सङ्घ केन्द्रीय समितिका निवर्तमान अध्यक्ष साहित्यकार तीर्थ श्रेष्ठले स्रष्टाद्वयलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्दै पुरस्कृत व्यक्तित्वहरुको साहित्यिक यात्राहरु र योगदानको चर्चा गरी बधाई दिनुभएको थियो ।

कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक डा लक्ष्मीशरण अधिकारीले पुरस्कृत पुस्तक र पुस्तकका लेखक गोविन्दराज विनोदीको बारेमा प्रकाश पार्नुभएको थियो भने संस्थाका उपाध्यक्ष कमल पौडेल अथकले आगन्तुकहरुलाई स्वागत गर्दै अर्का सम्मनित स्रष्टा तारा पाखेको व्यक्तित्वको बारे आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले पुरस्कृत र सम्मानित व्यक्तित्वहरुलाई बधाई तथा शुभकामना दिनुुभएको थियो भने नेपाली लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष डा ईश्वरमणि अधिकारी र नेपाली लेखक सङ्घ गण्डकीका अध्यक्ष दीपक समीपले शुभकामना मन्तव्य दिनुुभएको थियो ।
उक्त कार्यक्रममा कवि तारानाथ पराजुलीले पुरस्कृत कृतिबाट कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष रीता अधिकारी ऋतुको अध्यक्षतामा सम्पन्न भएको भएको थियो भने संस्थाका सचिव प्राञ्जलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला