अनुशासन र सिकाइसँग एसओएस गण्डकीको ४२औं खेलकुद दिवस

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४२ औँ खेलकुद दिवस एक भव्य समारोहबीच समुद्घाटन भएको छ ।
बिहीवार विद्यालयको प्राङ्गणमा आयोजित उक्त त्रिदिवसीय खेलकुद समारोहलाई शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले पानसमा दीपप्रज्ज्वलन गरी समुद्घाटन गर्नुभयो ।

समुद्घाटन समारोहमा प्रमुख अतिथि आचार्यले समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै एसओएसले निश्चित मूल्यमान्यतासहित राष्ट्रको गुणस्तरीय शिक्षामा महत्त्वपूर्ण योगदान पु¥याउँदै आइरहेको बताउनुभयो । अनुशासित भएर खेलमा सहभागी भएमा खेलकुदले विद्यार्थीको शारीरिक तन्दुरुस्तीका अतिरिक्त सिकाइ प्रक्रियामा पनि सहयोग पु¥याउने बताउँदै आचार्यले विद्यार्थीको भविष्य निर्माणमा समेत खेलकुदको भूमिका रहेको बताउनुभयो । विद्यालयका विविध खेलकुदमा सहभागी हुने क्रममै विद्यार्थीको भविष्यको आधारशिला कोरिन्छ’ आचार्यले भन्नुभयो, ‘खेलमा भविष्य देख्ने विद्यार्थीहरू पछि यही आधारशिलामा टेकेर आफ्नो नाम राष्ट्रियदेखि अन्तर्राष्ट्रिय जगत्सम्म चम्काउन सफल हुन्छन् ।’
विद्यालयका खेलकुद शिक्षक दीपकबाबु नेपालीले चार सदन कप्तानहरूलाई शपथग्रहण गराई ४२ औँ खेलुकद दिवसको शुभारम्भ गर्नुभयो ।

खेलकुद दिवसको समुद्घाटन समारोहमा विभिन्न दूरीका दौड, रिले दौड, लङजम्प, सर्टपुटलगायतका अन्तरसदनात्मक खेलहरू सम्पन्न भएका थिए । विद्यार्थीहरूको शारीरिक कवाज प्रदर्शनी पनि समुद्घाटन समारोहको अर्काे आकर्षण थियो । खेलकुद समारोहमा विद्यालयमा गठित विभिन्न सदनमा आबद्ध विद्यार्थीहरूले राष्ट्रिय गीतको धुनमा सुसज्जित मार्च पास्डका साथै नेपालको राष्ट्रिय झन्डाको दृश्य निर्माण हुने गरी सांस्कृतिक कवाज पनि प्रदर्शन गरेका थिए ।
कार्यक्रममा थारू संस्कृतिमा प्रचलित झुमरा नृत्य, मगर संस्कतिमा प्रचलित झोरा नृत्य तथा किरात संस्कृतिमा प्रचलित साकेला नृत्यका अतिरिक्त अन्य विविध लोकसांस्कृतिक नृत्य पनि प्रदर्शन गरिएको थियो ।
खेलकुद अवधिभरि हुने सम्भावित दुर्घटनाबाट खेलाडीहरूलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले गण्डकी मेडिकल कलेजमा कार्यरत भूतपूर्व विद्यार्थीहरू सम्मिलित चिकित्सकहरूको एक समूहले विद्यालयमै आकस्मिक स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रदान गरेका थिए ।
एसओएस स्कुल गण्डकीका प्रधानाध्यापक चूडामणि सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका सहप्रधानाध्यापक प्रभास पौडेलले स्वागत गर्नुभएको थियो । मन्तव्यका क्रममा सहप्रधानाध्यापक पौडेलले पछिल्ला केही वर्षयता एसओएसले हासिल गर्दै आइरहेको शैक्षिक सर्वाेत्कृष्टताका बारेमा प्रकाश पार्दै विद्यालयको खेलकुद दिवसमा यस वर्ष जम्मा ६५ खेल समावेश गरिएको र त्यसमा ६ सय १३ विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता रहने बताउनुभयो ।
वार्षिक खेलकुद समुद्घाटन समारोहको औपचारिक कार्यक्रमलाई समापन गर्दै विद्यालयका प्राचार्य चूडामणि सुवेदीले खेलमा जिताइसँगै सिकाइलाई पनि समान महत्त्व दिई अनुशासित र मर्यादित भएर उल्लासपूर्ण ढङ्गले विभिन्न खेलमा सहभागी हुन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
समारोहमा एसओएस बालग्राम गण्डकीकी उपनिर्देशक भवानी बस्नेत, कालिका मावि रामबजारका प्रधानाध्यापक श्रीराम आचार्य, न्यू मोडल माध्यमिक विद्यालयका निर्देशक लक्ष्मण पोखरेल, एसओएस युवालय गण्डकीका प्रमुख रामचन्द्र पोखरेल, ताराकुञ्ज एकेडेमीका प्रधानाध्यापक पुष्पराज पौडेल, एसओएस गण्डकीका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकीका एकाइ अध्यक्ष मिलन खत्री, विद्यालय व्यवस्थापन समितिका सदस्य खगेन्द्रराज बराल, एसओएस बालग्रामकी आमा प्रतिनिधि रेखादेवी राना, एसओएस गण्डकी भूतपूर्व विद्यार्थी मञ्चकी उपाध्यक्ष सम्झना पराजुली, विद्यालयका लेखापरीक्षकद्वय प्रदीप आचार्य र सुमन न्यौपाने, चिकित्सक धीरज अधिकारीलगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितात्मक खेलअन्तर्गत पहिलो दिन सम्पन्न चार सय मिटर रिले दौडमा अन्नपूर्ण सदनका सञ्जु चेपाङ, मार्था तामाङ, जेनिसा भण्डारी र देवी माझीले प्रथम तथा धौलागिरि सदनका सलिना परियार, दिविसा सापकोटा, आसिका सापकोटा र रोजमेरी खड्गीले द्वितीय स्थान हासिल गर्नुभयो ।
प्रारम्भिक चरणका विजयी विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि लोकनाथ आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा प्रमाणपत्र, पुरस्कार तथा पदक प्रदान गर्नुभयोे । तीन दिनसम्म सञ्चालन हुने विद्यालयको खेलकुद समारोहमा आधारभूत र माध्यमिक तहमा पाँच समूहका लागि छुट्टाछुट्टै खेलहरू सञ्चालन हुनेछन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला