त्रिवेणीमा कलेजमा स्नातक तहका पहिलो बर्षका विद्यार्थीलाई स्वागत

नगेन न्यूज
  • ख-
  • ख+

लेखनाथ, पुस १८ । त्रिवेणी इन्टरनेशनल कलेजको विद्यार्थी कल्याणकारी समितिले स्नातक तहका नवआगन्तुक विद्यार्थीका लागि शुक्रबार स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
स्वागत कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदीले विद्यार्थीको अध्ययनसँग अभिभावक र कलेजको सपना समेत जोडिएको उल्लेख गर्दै अध्ययनमा जोड दिन आग्रह गर्नुभयो ।

फरक फरक विद्यालयबाट +२ अध्ययन गरेर आएका विद्यार्थी स्नातक तहमा आएपछि थप जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
लेखनाथमा दुईवटा विश्वविद्यालय हुँदा पनि नीजि क्षेत्रबाट संचालित त्रिवेणी कलेजमा विद्यार्थीको आकर्षण हुनु चुस्त व्यवस्थापनका कारण संभव भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष सुमन भट्टराईले अभिभावकको विश्वास, विद्यार्थीको मेहनत र शिक्षकहरुको समन्वयका कारण उत्कृष्ट नतिजा ल्याउन सफल भएको उल्लेख गर्नुभयो ।

भट्टराईले कलेजबाट उत्पादित जनशक्ति व्यवस्थापनका लागि लेखनाथका विभिन्न संस्थासँग सहकार्य भएको उल्लेख गर्नुभयो । उहाँले नवआगन्तुक विद्यार्थीका समस्यालाई कलेजले सहकार्य गर्दै गुणस्तरीय शिक्षामा जोड दिइएको बताउनुभयो ।
विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष बिबेक केसीको अध्यक्षतामा भएको कार्यक्रममा कलेज संचालक समितिका पूर्व अध्यक्ष बाबुराम गिरी, निर्वतमान क्याम्पस प्रमुख यदुराज आचार्य, कल्याणकारी समितिका संस्थापक अध्यक्ष कमल गौतम, कल्याणकारी समितिका उपाध्यक्ष स्वच्छन्द आत्रेय, अमिसा तिवारी लगायतले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै, अध्ययनमा जिम्मेवार हुन आग्रह गरेका थिए । कार्यक्रममा स्नातक तहका विद्यार्थीहरुले गित संगित प्रस्तुत गरेका थिए ।
कार्यक्रमको संचालन विद्यार्थीद्धय कविता भट्टराई र विनोद बि.क ले गर्नुभएको थियो ।
विविएसको अध्यापन हुँदै आएको कलेजमा २ सय १७ जना नयाँ विद्यार्थी स्नातक तहमा भर्ना भएका छन् भने कलेजमा स्नातक र स्नाकोत्तर तहमा गरी छ सय ४९ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला