निर्वाचन आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २५ मंसिर । निर्वाचन आयोगको प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरिएको छ ।
आयोगका प्रदेश निर्वाचन कार्यालय, गण्डकीका निर्वाचन अधिकारी नारायण ढकालले बिहीबार एक कार्यक्रमका बीच प्रदेश प्रमुख भट्टलाई आयोगको १९ औं वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन पेस भएको हो । प्रतिवेदन बुझ्नुहुँदै प्रदेश प्रमुख भट्टले निर्वाचनको तयारीमा जुटेको आयोगले यस सम्बन्धित कामकारबाही द्रुत गतिमा अघि बढाएको विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश निर्वाचन अधिकारी ढकालले फागुन २१ गते तोकिएको निर्वाचनको तयारीमा आयोग लागिपरेको बताउनुभयो । निर्वाचन कार्यक्रम प्रकाशन गरी अहिले मतदाता नामावली अद्यावधिक काम भइरहेको बताउँदै उहाँले आयोग एकै चरणमा निर्वाचन गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
ढकालले गण्डकीमा कूल मतदाता १६ लाख ६२ हजार २ सय ४६ रहेको जानकारी गराउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला